रअ को योजनामा भैरहवामा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन : सुरक्षा निकाय बेखबर !

भैरहवा– भारतले नेपालको लिपुलेक लगाएत ६० हजार हेक्टर भन्दा बढी भु भाग  अतिक्रमण गरिरहेको र हालसालै लिपुलेक आफ्नो नक्सामा राखेपछी भारतीय बिस्तारबाद बिरुद्ध देशब्यापी बिरोध बढीरहेको सन्र्दभमा भैरहवामा एउटा प्रायोजित प्रर्दशन भएको छ । चिनीया बिस्तारबाद मुर्दाबाद लगाएतका प्लेकार्ड बोकेका केही भाडाका भारतीय मान्छेहरुको प्रयोग गरीे विरोध गर्दै तथा केही भैरहवाका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेका छन् ।

उनीहरुले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सीमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् । जबकी चिनले नेपाली भुमि आफुले नमिचेको प्रष्टिकरण दिईसकेको छ ।

चिनले नेपालको एक ईन्च भुमिपनि नमिचेको कहि कतै भुलबस तलमाथी भएको भए सच्याउन तयार रहेको बताईुकेको छ । तर प्रर्दशनकारीहरुले भने मानौ नेपाललाई भारतले होईन चिनले नै खाईसकेको जस्तो गरी बिरोध गरिरहेका थिए । प्रर्दशनकारीहरुले ‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

एक तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको भन्ने खुलाईएको छ । यधपी त्यस बारे थप अध्ययन भने भएको छैन् । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको जनाईएको छ ।

प्रतिबेदन अनुसारचीनले सबैभन्दा बढी सिन्धुपाल्चोकको खराने खोला स्थित ७ हेक्टर जमिन मिचेको छ । त्यसैगरी हुम्लाको भाङदारे खोलामा ६ हेक्टर जमिन हडपेको छ ।

हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोसी र संखुवासभाको अरुण नदीमा ४(४ हेक्टर जमिन चीनले मिचेको प्रतिवेदनमा छ । यसबाहेक चीनले रसुवाको विभिन्न ४ स्थानमा ६ हेक्टर जमिन हडपेको छ ।

प्रतिवेदन अनुसार रसुवाको सन्जेन खोला क्षेत्रमा २ हेक्टर, भुर्जुग खोला क्षेत्रमा १ हेक्टर, लेम्दे खोला र जम्बु खोला गरी ३ हेक्टर जमिन मिचिएको जनाईएको छ । तर चिनले भने आफुले एक् ईन्च पनि नेपाली भुमि नमिचेको र बिवादित क्ष्ोत्रमा पुन नापी गर्न तयार रहेको बताईसकेको छ ।
भैरहवामा भएको प्रर्दशन र चिनियाँ राष्ट््रपतिको पुत्ला दहन कार्यक्रमको उध्येश्य बिस्तारबादी एजेन्टहरुकै नाटक भएको जानकारहरु बताउछन । जानकारहरुका अनुसार चिनलाई नेपाल बिरुद्ध खडा गर्ने साथै पश्चिमाहरुको उपस्थिती बढाउने र भारतीय हस्तक्षेपलाई सहज गर्न भारतीय सस्थाँ रअ को योजनामै त्यो प्रर्दशन गरिएको हुनसक्छ । यता यस बिषयमा बुझन खोज्दा रुपन्देहीका प्रमुख जिल्ल अधिकारीले आफु कार्यक्रmमा रहेको भन्दै बोल्न चाहेनन् । रुपन्देहीका प्रहरी प्रमुख हेम थापाले सो बारे आफुहरुलाई केही थाहा नभएको भन्दै बुझेर मात्र थप कुरा गर्ने बताए