चितवनको माडीमा हात्तीको आक्रमणमा परी बाबु छोराको मृत्यु

 

 

 

 

     फोटो :सामुदायीक रेडियो माडीको फेसबुकबाट                                                                                                                                                                        चितवन चितवनको दक्षिणी क्षेत्र माडीमा जङ्गली हात्तीको आक्रमणमा परी बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका १ का ६० बर्षिय बाबुराम पौडेल र उनका ३५ बर्षिय छोरा राजु पौडेल रहेका छन् ।

आज विहान माडीको बरुवाबाट लु ३१ प २९११ नम्वरको मोटरसाइकलमा बाँदरझुला तर्फ जाँदै गरेका उनिहरुलाई माडी नगरपालिका ९ स्थित देउराली ओरालोमा हात्तीले आक्रमण गरेको थियो ।

लगत्तै नेपाली सेना,प्रहरी र जनप्रतिनिधि सहित स्थानियहरु घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिए ।
। शवको मुचुल्का उठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।