चितवनमा सुरक्षा खतरा बढदै :पेस्तोलसहित दुई जना पक्राउ

चितवन/देशकै मध्यभागमा अवस्थित चितवन संबेदनशिल जिल्लाको रुपमा मानिन्छ । यहि जिल्लमा पछिल्लो समय सुरक्षा खतरा बढदै गएको संकेतहरु देखिन थालेका छन् । आज बिहानअत्याधुनिक पेस्तोलसहित दुई जना पक्राउ पर्नु त्यसैको एउटा प्रमाण हो ।

आज बिहान पूर्वीचितवनको राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार दुईजनाबाट प्रहरीले मेडन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र लोड गरिएको अवस्थामा ५ राउण्ड गोली बरामद गरेसँगै जिल्लामा सुरक्षा खतरा बढेको महशुस गरिएको हो प्रहरीले पेस्तोलसहित पक्राउ परेकाहरु दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहनुले थप आशंका बढाएको छ।
                        पुर्बि चितवनको हर्दीमा मोटरसाइकल रोकेर शंकास्पद अवस्थामा हिडिरहेका र प्रहीलाई देखेपछी भाग्न खोजेका उनीहरुलाई गस्तीमा रहेको भण्डारा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई चेकजाँच गर्दा प्रहरीले पेस्तोल फेला पारेको हो । उपनिर्वाचनको नोमिनेशन भएको भोलीपल्टै पेस्तोल सहितका मानिसहरु पक्राउ पर्नुले जिल्लाको शान्ती सुरक्षामा बिशेष ध्यान दिनुपर्ने देखिएको छ । यस बिषयमा थप अनुसन्धान भईरहेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।