मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६।१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३।८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्यवृद्धि उच्च छ।

काठमाडौं उपत्यकामा ७।९०, तराईमा ५।६९ प्रतिशत, पहाडमा ५।०९ र हिमालमा ५।०२ प्रतिशत मुद्रास्फीति छ। २०७५ भदौमा यी क्षेत्रमा क्रमशः २।९८ प्रतिशत, ३।६८ प्रतिशत, ५।० प्रतिशत र ३।३५ प्रतिशत मुद्रास्फीति थियो।

बैंकका अनुसार दुई महिनामा कुल वस्तु निर्यात २५।९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ प्रतिशतले वृद्धि भएकोे थियो। गन्तव्यका आधारमा भारततर्फ ४६।० प्रतिशत र अन्य मुलुकतर्फ ०।६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७।४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो ९पोलिस्टर तथा अन्य०, कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोसाक, पस्मिना लगायत वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष ०७६र७७ को दुई महिनामा कुल वस्तु आयात १।२ प्रतिशतले घटेर २२९ अर्ब ५० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८।५ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः दुई प्रतिशत र १९।८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९।२ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा तयारी पोसाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ।

चालुको दुई महिनासम्ममा कुल वस्तु व्यापार घाटा ३।१ प्रतिशतले संकुचन भई दुई सय ११ अर्ब कायम भएको छ। निर्यात–आयात अनुपात ८।१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६।३ प्रतिशत
रहेको थियो।

बैंकका अनुसार यो अवधिमा विप्रेषण आप्रवाह ०।३ प्रतिशतले कमी आई एक खर्ब ५३ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३।४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १।३ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २२।३ प्रतिशतले बढेको थियो।

यो अवधिमा अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०।२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०।३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९।८ प्रतिशतले घटेको थियो।

यो अवधिमा चालु खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा १९ करोड २५ लाख कायम भएको छ।

यो अवधिमा शोधनान्तर स्थिति आठ अर्ब ८३ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो। कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भई २०७६ भदौ मसान्तमा १० खर्ब ७८ अर्ब ९४ करोड पुगेको छ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा नौ अर्ब ४४ करोड कायम भएको छ। दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९।६ महिनाको वस्तु आयात र ८।४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। नागरिक दैनिकबाट