बिरामी अवस्थामा रहेका नेकपाका पूर्वकेन्द्रीय सदस्य लोहनी घरबाटै गिरफ्तार

 

 चितवन /नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् रातो खबर साप्ताहिकका पूर्व्निर्देशक गुणराज लोहनीलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । आज(मङ्गलबार) बिहान सादा पोसाकका प्रहरीले लोहनीलाई चितवनको भरतपुरमा रहेको आफ्नो डेराबाटै गिरफ्तार गरेको जानकारी पारिवारिक स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि लोहनी लामो समयदेखि घरमै आराम गरिरहेका थिए । बिरामी भई उपचार एवं आराम गरी बसिरहेका लोहनीलाई चितवन प्रहरीले पक्राउ गरेपछी जिल्ला प्रहरी कार्यालयमा राखेको पारिवारीक श्रोतले बताएको छ । उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछी लामो समयबाट पार्टीको काम समेत नगरेका लोहनीलाई पार्टीले केन्द्रीय समितिको जिम्मेवारीबाट हिजैै मात्र मुक्त गरेको थियो । उक्त कुरा नेकपाले सोमबार जारी विज्ञप्ति मार्फत जानकारी गराएको थियो । यसैबिच लोहनीलाई प्रहरीले नियन्त्रणमा लिईएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक(डि.एस.पी.) एकनाराउण कोईरालाले जानकारी दिए । लोहनीलाई प्रहरी हिरासतमा लिईएके छ, थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।