‘दोहोरी क्विन’ टीका सानूको दशैं गीत सार्वजनिक
काठमाडौं / टिका सानुको ‘आउदा दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा टिका सानु र मोहन खड्काको आवाज रहेको छ । गीतमा शब्द, संगीत बिमल अधिकारीको रहेको छ । गीतको निर्देशन कपिल लामाले गरेको छन् भने एरेन्ज विनोद बाजुरेलीको गरेको छन् ।
बिमल अधिकारी र जुना गुरुङ्ले अभिनय रहेको गीतको छायाकन हरिश महरा र सम्पादन अमर शाक्यको रहेको छ ।
भावना म्यूजिक सोलुसनको प्रस्तुति रहेको गीत भावना म्यूजिक सोलुसनको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।