चितवनका स्थानिय तहमा अनियमितता र भ्रष्ट्रचार मौंलाउदै ।

नियन्त्रण गर्न नसक्दा संघियता र सरकार प्रति जनअसन्तोष बढदै ।

                                                                              सांकेतिक र्काटुन

चितवनका स्थानिय तहमा ब्यापक मात्रमा अनियमितता र भ्रष्ट्रचार मौलाउदै जान थालेको देखिन्छ । बिगतबाटै बढेको भ्रष्ट्रचार र अनियमितता जनप्रनिधी आएसँगै नियन्त्रण हुनुपर्नेमा अझै बढदै गईरहेको हो । जिल्लाका स्थानिय तह देखि मालपोत, नापी, राजस्व लगाएतका निकायहरु बढी भ्रष्टचार हुने निकाय हुन् । बर्षमा एकाध समय घुसखोरीमा सम्लग्नलाई कार्बाही गरेपनि हेटौंडामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्ष्ेत्रिय कार्यालय अधिकांस समय बेखबर जस्तै हुने गर्दछ । स्वंय अख्तियारकै कर्मचारीहरु सेवाग्राहीले खबर गरेमा मात्र हामी कार्बाही गर्दछौ भन्दै अरु बेलामा सुतेर बस्ने जस्तो बिना हिच्किचाहट आफनो कम्जोरी ओकल्छन् । जिल्लामा बेला बखत हुने मौषमी अनुगमन पनि देखावटी र लाईन मिलाउनलाई भएको त् होईन भन्ने सबत्र आंशका गरिएको छ । जिल्लाका स्थानिय निकायमा जाने अधिकांश सेवाग्राहीले समयमा काम गर्र्नुका साटो कर्मचारीको शास्ती भोग्न बिबश छन् । जनप्रतिनीधी निर्वाचित भएर आएको साढे दुई बर्ष भईसक्दापनि अवस्था सुध्रन नसक्नुले दिनप्रतिदिन जनअसन्तोष बढीरहेको छ ।
सडक निर्माणमा चरम लापरवाही, निर्माण सम्पन्न नहुँदै भत्कियो 
भूकम्प आपतकालिन सहयोग परियोजना अन्तर्गत चितवनको कालिका नगरपालिकामा निर्माण भइरहेको कालोपत्रे सडकको निर्माण कार्य सम्पन्न नहुँदै भत्कन सुरु गरेको छ ।
कालिका नगरपालिकाको जुटपानीदेखि शक्तिखोरसम्म निर्माण भइरहेको सडक सम्पन्न हुनुअघि नै ठाँउठाउँमा भत्कन सुरु गरेको हो । कमशल सामाग्रीको प्रयोग गरेकै कारण सडक भत्कन सुरु गरेको स्थानीयको आरोप छ ।
ठेकेदारको चरम लापरवाहीका कारण सडक भत्किएको स्थानियले बताए । स्थानियका अनुसार निर्माणाधीन सडक मात्रैे नभई सडक छेउमा निर्माण गरिएको नाली समेत भत्किएको छ ।
करिब १३ किलोमिटर लामो सडक निर्माणको लागि काठमाडौंको स्वच्छन्द निर्माण प्रालिलाई २२ करोड ८१ लाख रुपैयाँमा ठेक्का दिइएको थियो । ११ मिटर फराकिलो सडकमा कालोपत्रे गर्न १८ महिनाको सम्झौता भए पनि निर्माणको समय अवधि सकिन लाग्दा समेत काम भने चित्त बुझ्दो तरिकाले नभएको स्थानियको गुनासो छ ।
बजारको बिचमा महिनौबाट अलपत्र नाली र सडक
भरतपुर महानगर क्षेत्रभित्र पर्ने चितवनको मुटु नारायणगढको शहिदचोकबाट बेलचोक तर्फ जाने सडक र नाली निर्माणमा महिनौं लगाउँदा स्थानियबासी, ब्यापारी र बजार किनमेल गर्न आउने बटुवाहरु शास्ती भोग्न बाध्य छन् । मूख्य बजारक्षेत्रमा यसरी हप्ता दिन नलाग्ने काममा महिनौ लगाउदा ढलको दुर्गन्ध र सडकको दुर्गतीले स्थानियलाई शास्ती बढाएको हो । शहरी बिकास आयोजनाको नाममा निर्माण भईरहेको उक्त ढल र सडक निर्माणमा समेत ब्यापक अनियमितता भईरहेको खुल्नमा आएको छ । ढल निर्माणमा प्रयोग गरिएका सामाग्री कमशल प्रयोग गरिएको पाईएको छ । कमशल सामाग्री प्रयोग गर्ने ठेकेदारलाई कार्बाही गर्ने सार्माथ्य महानगरसँग छ छैन त्यो हेर्न बाँकी नै छ ।
शहिदचोकको ढलको कारण बजार क्षेत्र डेंगुगस्त : स्थानिय
शहिदचोक देखि बेलचोक जाने सडकको नाली खुल्ला छोड्दा एकातिर महिनौबाट दुगन्ध सहन जनता बिबस छन र त्यो दुर्गन्धीत पानीमा लामखुट्टेको लार्भा हुर्कदा शहरमा डेंगुको महामारी फैलिएको देखिन्छ । अर्कोतर्फ लामो समयबाट सडक र नालामा र्दुगन्ध रहदा त्यस्ले शहरको सौंन्दर्य र स्वच्छता बिगारेको छ । स्र्माट सिटीको खिल्ली उडाएको छ । काममा यो हद सम्मको लापारबाही गर्ने जो कोही भएपनि उनीहरुमाथी कार्बाही हुनुपर्ने आम स्थानियको माग छ । बेलचोकमा हार्डबेयर पसल चलाईरहेका राजेन्द्र चापागाई यस्तो लापारबाही गर्नेलाई कार्बाही गरी सबक सिकाउनुपर्ने बताउछन् ।
अख्तियारले थाल्यो छानबिन
यता,जिल्लाको रत्ननगर नगरपालिकामा भ्रष्टचार मौलाउदै गएको भन्दै अख्तियारको ध्यानार्कषण भएको छ । जनप्रतिनिधि पाएसँगै नगरपालिका भित्र निर्माण भएका सडक तथा भौतिक संरचनामा चरम भ्रष्टाचार भएको भन्दै अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका भित्र छानबिन सुरु गरेको हो ।
आर्थिक बर्ष २०७५र७६ मा कालोपत्रे भएको सडकमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुषन्धान आयोगको कार्यलय हेटौडाले पत्रचार गरेर छानबिन प्रकिया अगाडि बढाएको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिका भित्र रहेका वडा नम्बर १,३,६,७ र ९ मा निर्माण भएका सडकको बिबरण माग गरेको छ । अख्यिारले स्वीकृत लागत स्टमेट, उपभोक्ता समिति र ठेकेदारसँग गरिएको समझौता सम्बन्धी सम्पुर्ण कागजात, नापी किताब, मुल्याङकन बिल,ठेक्का सम्बन्धी बिल र कार्य सम्पन्न प्रतिबेदन, भुक्तानी सम्बन्धी गोश्वारा भौचरका सम्पूूर्ण कागजात, दररेठ बिश्लेषण, गुणस्तर परिक्षण प्रतिबेदन, उपप्रमुख नेतृत्वको अनुगमन समितिबाट पेश गरिएको अनुगमन प्रतिबेदन र निर्माण पूर्व, निर्माण अवधि तथा निर्माण सम्पन्न हुदाँका समयको फोटोहरु अख्तियारले मागेको छ ।
सबै क्षेत्रमा भ्रष्ट्रचार र अनियमिता
जिल्लाका सबै क्षेत्रमा बढदो अनियमितता र भ्रष्ट्रचार बढेको स्वंय अध्ययन र तथ्यहरुले देखाउँछ । यसरी जिल्लामा बढेको भ्रष्ट्रचारलाई बेलैमा नियन्त्रण गर्न नसक्ने हो भने सरकार मात्र होईन संघियता र ब्यबस्थाकै बिरुद्ध जनताको जनअसन्तोष बढदै जाने देखिन्छ । यसतर्फ चितवनका राजनितीक दल र स्थानिय जनप्रतिनीधीहरु सचेत बनि भ्रष्ट्रचार, घुसखोरी र अनियमितता रोक्न लागीपर्नुपर्दछ । भण्डाफोर अभियानबाट