बिधार्थी पक्राउको विरोधमा सिएसीमा प्रर्दशन


 चितवन । भरतपुरको चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी प्रविन स्याङ्तानलाई बिनाकारण पक्राउ गरिएको भन्दै विद्यार्थीहरुले मंगलबार भरतपुरमा र¥यालीसहित सिएमसी अगाडी बृहत प्रर्दशन गरेका छन् ।
चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता स्याङ्तानलाई प्रहरीले बिना कारण पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् । स्याङ्तान चितवन मेडिकल कलेजमा बिडिएस अन्तिम बर्षमा पढ्दै गरेका छन् ।
चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएर्को याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय तर्फ जान लाग्दा प्रहरीको अबरोध भएपछि विद्यार्थीले चौंबिसकाठीमै प्रर्दशन गरेका थिए ।
विनाकारण पक्राउ परेका विद्यार्थी नेता स्याङ्तायनको तत्काल रिहाईको माग गर्दै बिधार्थीहरुले प्रदर्शन गरेका हुन् ।
आन्दोलनरत बिर्धाथीहरुका अनुसार चितवन मेडिकल कलेजले शिक्षा मन्त्रालयले तोकिएको भन्दा बढी शुल्क लिएको बिरोधमा बिधार्थी नेता स्याङ्तानले आन्दोलन गरेपछी कलेजका प्रबन्ध निर्देशक हरिश न्यौपानेले प्रहरीलाई प्रयोग गरी स्याङ्तानलाई पक्राएको बताएका छन् । सरकारले तोकेभन्दा बढी शुल्क लिने कलेज प्रशासनलाई काबार्ही गर्नुको साटो उल्टो कलेज प्रशासनसँग मिली आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको आन्दोलनरत विद्यार्थी नेता प्रकाश चन्दले बताए । पक्राउ परेका स्याङ्तानलाई नछाडे आन्दोलनलाई चर्काउँदै लैजाने चन्दले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्हरी उपरिक्षक दानबहादुर मल्लले बिप्लव समूहमा सम्लग्नता देखिएकाले केही कुरा सोधपुछका लागि प्रविनलाई पक्राउ गरिएको जानकारी दिए । उनले भने केही सोधपुछ गरी बेलुकासम्म छाडीनेछ ।