बिभागको निर्देशनलाई लत्याउदैं भरतपुर नापी कार्यालय  !

गैंरे परिवारको जग्गा पुर्जामा छ, नक्सामा छ,फिल्डमा पनि छ, तर किन सिमांकन गरिदिदैन ?

चितवन भरतपुर ४ का गैरे परिवार पुर्जामा,नक्सामा, भएको आफ्नो जमिन छुटाईदिन माग गर्दै जिल्ला नापी कार्यालय भरतपुर धाउँन थालेको पनि बर्षौं भईसकेको छ । नापी कार्यालय भरतपुरले कहिले के त् कहिले के भन्दै उनीहरुलाई झुलाउन थालेको पनि ३ बर्ष भन्दा बढी भईसकेको छ । भरतपुर ४ लकुं निवासी ईन्द्रमाया गैरेको नाममा रहेको साविक नारायाणगढ ८(ख)कि.न.१५४८, १५४७ र १५४६ नं.को क्षेत्रफल क्रमशः ०–८–९.५, ०–७–१ –०,०–३–१६–० पुर्जामा छ, नक्सामा छ, फिल्डमा पनि छ तर वरीपरिका साँध सँधियार छिमेकीले अतिक्रमण गरेकाले आमाको नाममा रहेको जमिन गायब भएको पिडीतका छोरा राम प्रसाद गैंरेले बताए । आफ्नो नाममा रहेको जग्गाको समेत क्षेत्रफल नक्सा र पुर्जामा पुरापुर हँुदाहँुदै फिल्डमा संधियारले बलमिच्याई गरी नापजाँच समेत गर्न नदिएकाले आफुहरु अन्यायमा परेको बताए । पिडीत गैंरेले भने ३ बर्षदेखि कहिले नापी कार्यालय चितवन, कहिले, जिल्ला प्रशासन कार्यालय, त् कहिले प्रहरी कार्यालय, त् कहिले नापी बिभाग र मन्त्रालयसम्म धाँउदा धाँउदा जुत्ता फटिसक्यो तर अझै आफ्नो जमिन छुट्याएर उपभोग गर्न पाएको छैन् । नापी कार्यालय चितवनले सिमांकन गर्ने ईच्छा नै देखाएन कहाँ को कस्को निर्देशनमा चलेका हुन बुझ्नै सकिएन । कानुन अनुसार गर्ने कुरामा पनि किन अनिच्छा देखाएका हुन बुझ्नै सकिएन गैंरेले गुनासो पोखे ।
बिभागको निर्देशन लत्याउदैं नापी कार्यालय भरतपुर
नापी कार्यालय भरतपुरलाई नापी बिभाग योजना तथा प्रशासन शाखाले मिती २०७५।१०।२९गते निबेदकको माग बमोजिम अबिलम्ब रेखांकन गर्नु भनि आदेश गरेको पनि महिनौं बितीसकेको छ । तर जिल्ला नापी कार्यालय भरतपुरले बिभागको निर्देशनलाई अझैसम्म टेरपुच्छर लगाएको छैन् ।
गैंरे परिवार पिडीत देखि बिभागले कार्यालयलाई निर्देशन गरेको महिनौं भईसक्दा पनि बिभागको निर्देशन कार्यान्वयन गरी पिडीतलाई न्याय दिनुको सटट मुकर्दशकिता अपनाउनुलाई कदाचित राम्रो मानिदैन् । यस्मा आम आंशका उब्जीएको छ । नापी कार्यालय आम सर्बसाधरणको लागी आफ्नो कर्तब्यमा भन्दा पनि भुमाफिया र केही जग्गा दलालहरुको सेवामा केन्द्रित हँुदै गएको आम जनताको गुनासोलाई मध्यनजर गर्दै नापी कार्याल भित्रका बेथिती, बिकृती र अनियमितताको उजगार गर्न हामी लाग्ने नैं छौं । यसैबिच, नापी कार्यालयका निमीत्त प्रमुख बिरेन्द्र कुमार चौधरीले आफुहरुले सिमांकन गर्न नसकेको भन्दै कार्यालयको कम्जोरी स्वीकार गर्दै यस बिषयमा फोनमा भन्दा पनि भेटेर कुरा गर्ने भन्दै कार्यालय प्रमुख मग्नु दत्त केही दिन बिदामा रहेकाले आफुले कार्यालय सम्हालेको जानकारी दिए ।
आफुहरु नापी गर्न जान नसक्ने लाचारी ब्यक्त गर्दैं चौधरीले बिभागले छुटटै् कर्मचारी खटाएर नापजाँच गरोस, हामीले गएर नाप्न सक्दैनौ भन्दै बिभागको निर्देशनको कडा शब्दमा अबज्ञा गरे । चौधरीले बिभागले आफुहरुलाई कार्बाही गरेपनि मतलब नभएको भन्दैं खुला चुनौती समेत दिन भ्याए ।
उता नापी बिभागका जनकराज जोशीले भने निर्देशनको अबज्ञा गर्ने भरतपुर नापी कार्यालयका प्रमुख लगाएतका केही कर्मचारीलाई आवश्यक कार्बाही गर्ने जानकारी दिए ।