काठमाडौं बम विस्फोटका अर्का एक घाईतेको मृत्यु

गत् जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु भए सँगै मृत्यु हुनेको सँख्या पाँच पुगेको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिए।

बम विस्फोटमा ज्यान गुमाउनेहरुमा परी नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए । श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् ।

सुकेधारास्थित सैलुनमा भएको बम बिस्फोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ ।