कस्को संरक्षणमा चल्ने गर्दछ अबैध मिटरब्याज र ढुकुटीको धन्दा ?

किन बेवास्ता गर्दछ प्रहरी प्रशासन ? सर्बसाधरणको सयौं थान चेक र किर्ते तमसुक राख्नेलाई किन सधैं उन्मुक्ति ?

चितवन । चितवनको ब्यापारिक केन्द्र नारायणगढ, भरतपुर र आसपासको क्षेत्रमा अबैध मिटरब्याज र अबैध ढुकुटी धन्दा खुलमाखुल्ला दिनप्रतिदिन फस्टाउदै गईरहेको छ । प्रहरी प्रशासन नजिक रही ठुला बडाहरुसँग सेल्फी लिई फोटोको दुरुपयोग गर्नेदेखि र आफुलाई स्वघोषित समाजसेवी र बरिष्ठ ब्यबसायी भन्नेहरु देखि अधिकांश महिलाहरु यो अबैध धन्दामा सामेल रहेको पाइएको छ । अबैध ढुकुटी र मिटरब्याज सञ्चालकहरुले प्रहरी, प्रशासन, र कतिपय सरकारी ओहोदा र राजनितीक नियुक्ती लिएका आफुलाई बडेमाको शक्तिशाली ठान्ने मान्छेहरुलाई समेत आफ्नो प्रभावमा पारी प्रयोग गर्ने गरेको कारणले गर्दा सोझा सिधा आम सर्बसाधरणहरुलाई प्रहरी कार्यालयकै परिसर भित्र डर त्रासपूर्ण बाताबरण बनाई तमसुकमा जबरजस्ती सहिछाप गर्नुका साथै चेक दिन समेत बाध्य पारिएको स्वंय पिडीतहरुले बताएका छन् ।
ढुकुटी र मिटरब्याजीहरुले आफुहरुलाई जर्बजस्ती गरी चेक लिएको, प्रहरी हिरासतमै राखी जर्बजस्ती तमसुक गराएको र कुटपिट समेत गरेको घटना उल्लेख गर्दै एक दर्जन पिडीतहरुले गत् हप्ता जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । पिडीतहरुको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारीले यस्तो कार्यमा सम्लग्नहरुलाई तत्काल प्रहरी कार्यालयमा झिकाई आवश्यक कार्बाही गर्नु भन्ने आशयको निर्देशन दिएका थिए । जिल्ला प्रशासनको उक्त पत्रअनुसार त्यस्ता ग्रैंहकानुनी कार्य गर्नेहरुलाई हिरासतमा लिई आवश्यक कार्बाही गर्नुपर्नेमा चितवन प्रहरीले अहिलेसम्म यस्ता ग्रैंहकानुनी कार्य गर्नेहरुलाई केही कार्बाही गर्न सकेको छैन् ।
नारायणगढमा दश करोडसम्मका अबैध ढुकुटीहरु सञ्चालनमा रहेको जानकारहरु बताँउछन् । जानकारहरुका अनुसार त्यस्ता दर्जनौं ठुला ढुकुटी सञ्चालकहरुले मिटरबयाजको धन्दा पनि सञ्चालन गर्ने गरेका छन् । साना ठुला गरि चितवनमा दर्जनौंको सख्यामा अबैध ढुकुटी र पेशेवर मिटरब्याजीहरुले निर्वादरुपमा आफनो कालोधन्दा सञ्चालन गरिरहेका छन् ।
प्रहरीले किन कार्बाही गर्न सक्दैन् ?
राती अबेर सम्म हिडेको निहुँमा त् कहिले के साना साना निहँुमा आम सर्बसाधरणलाई कानुनको नाममा समाउने र दुःख दिने प्रहरी प्रशासनले के यस्ता काला धन्दा गरी देश खोक्रो पार्ने र सर्बसाधरणलाई अबैध चक्रिय शोषणको चपेटामा पार्नेहरुलाई साँच्चै पक्राउ गर्नै नसक्ने हो या नगरेको हो जनता जान्न चाहन्छन् । के प्रहरीले गैं्रहकानुनी कार्य गर्नेहरुलाई अनुसन्धान गरी आवश्यक कार्बाही गर्न सक्दैन् ?
चेक बाउन्सको नाममा अबैध कारोबारको उठन्तेमा प्रहरी किन ?
जिल्लामा आउने चेक बाउन्सका अधिकांश निबेदक अबैध ढुकुटी र मिटर ब्याजका कारोबारीहरु हुने गरेको पाईएको छ । ब्यबसायीक श्रोत बिनाका त्यस्ता चेकमा उल्लेखित रकम अबैध ढुकुटी र मिटरब्याजी धन्दाकै हुने गरेको पाईएको हो । ‘पछिल्लो समय लागू भएको मुलुकी संहिताले चेक बाउन्सलाई फौजदारी मुद्दाअन्तर्गत राखेसँगै अबैध मिटरब्याजी र ढुकुटीको रकम उठाउने राम्रो हतियारको रुपमा त्यस्ता कारोबारीहरुले प्रहरीलाई प्रयोग गर्ने गरेको पाईएको छ ।
वास्तविक पीडितले न्याय नपाउने र उनीहरुले आफ्नो अबैध कारोबारका रकम उठाउन पिडीतलाई प्रहरी हिरासतमा राखी धम्कयाउने अवस्थाको अन्त्य हुन जरुरी देखिन्छ । यो अवस्थाको अन्त्य गर्न ढिला गरेमा त्यस्ले समाजमा निम्त्याउने परिणाम निकै घातक र दिर्घकालिन हुने देखिन्छ । प्रहरीले स्रोत नखुलेका चेकहरुलाई चेक बाउन्सको नाममा मिटरब्याजी धन्दा मौंलाउने गरी गलत कार्य रोक्न सचेत हुनुपर्दछ । त्यस्ता चेकहरुको श्रोत खुलाउन र आवश्यक परेमा त्यस्ता अबैध कारोबारीहरुलाई अनुसन्धान गरी उनीहरुको अबैध एवं अकुत सम्पतिलाई सम्पत्ति शुद्धीकरण मुद्दाअन्तर्गत कारबाही अघि बढाउन सक्नुपर्दछ ।’ बैंकिंग कारोबार जस्तै तर अबैध यस्ता आर्थिक कारोबारले राष्ट्रलाई नोक्शान मात्र पु¥याउछ । अर्कोतिर यस्तो कालो कारोबारले आम सर्बसाधरण ठगीने मात्र होईनन् उनीहरुको घर उजाडीने र मर्नसम्म बिबस भईरहेका छन् । अत्ः कानुन कार्यन्वयन गर्ने राज्यको निकाय प्रहरी प्रशासन र स्थानिय सरकार एवं गृहप्रशासनको समेत यसतर्फ ध्यान जान जरुरी देखिन्छ । कानुन बनाउन पर्ने भए बनाएरै भएपनि ढुकुटी, मिटरब्याज र हुण्डीको कारोबारलाई पूर्ण रुपमा प्रतिबन्ध लगाई यस्ता कारोबारीहरुलाई आर्थिक अपराधी घोषणा गरी कडा सजाय हुनुपर्दछ ।
आजको भण्डाफोर अभियानसाप्ताहिक पत्रिकाबाट