गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अब अबरुद्ध नहुने

सुरक्षाको लागी नेपाल प्रहरीले सईको नेतृत्वमा बेस खडा गर्दैं

चितवन, जेठ २४/चितवनको भरतपुर–१५, रामपुरमा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम अब असुरक्षाको कारण अबरुद्ध नहुने भएको छ । रंगशालाको सुरक्षाको लागि अबदेखि चितवन प्रहरीले २४ सै घण्टा सुरक्षा दिने भएको छ । असुरक्षाका कारण काम प्रभावित भएको कुराहरु बाहिर आएपछि यस बिषयमा चितवन प्रहरीले पूर्ण रुपमा सुरक्षा प्रदान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र शाहले आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै रंगशालाको सुरक्षाका लागि सोही स्थानमा बेस क्याम्प रहने गरी हाललाई प्रहरी नायव निरीक्षकको कमाण्डमा २४ सै घण्टा प्रहरी टोली खटाईएको जानकारी दिएका छन् । उनले जिल्ला प्रशासन कार्यालयलगायत जिल्ला स्थित सबै सुरक्षा निकायहरु समेतबाट निरन्तरत अनुगमन र सुपरिवेक्षणको व्यवस्था मिलाइएको जानकारी दिए ।
प्रहरीको बिज्ञप्तीको पूर्णपाठ हेर्नुहोस ।