रंगशालामा बिवाद नबढाऊ ।

गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी गत १५ गतेको घटना र त्यसपछी उत्पन्न परिस्थीतीले रंगशाला नबन्ने अवस्था निर्माण हुँदै गईरहेको देखिन्छ । रंगशालामा बाटो चौंडा गर्ने क्रममा त्याँहाका स्थानियले डोजर लगाएको घटनाले गर्दा गाँउलेहरुलाई बिकास बिरोधी र राक्षसीकरण गर्ने दुस्प्रयत्न भएको देखिन्छ । विभिन्न माध्यमबाट उक्त घटनाको मुख्य अभियुक्त भनिएका प्रकाश कँडेल र अन्य आरोपितहरुका बारेमा सबैभन्दा बढी चर्चा परिचर्चा भयो । त्यो हुनु स्वाभाविक पनि हो । तर एउटा मान्छेलाई आगो लगाएर जिउदै मार्ने अवस्थाको घटना दुईदिनमै साम्य हुनु तर बाटो बिस्तारको लागी गाँउलेहरुले गरेको सानो गल्तीलाई चाँही पुरै बढाई चढाई गरि फसाउन खोज्नु त्यो गैह्रन्यायिक कार्य हो । के हो कानुन के हो न्याय ?
धुर्मुस सुन्तलीले अभिनयबाटे आफ्नो क्यारियर बनाएका छन् । त्यो राम्रो पक्ष हो तर बाटोको बार मा नै डोजर लागेको थियो । त्यो घटनालाई न्युनिकरण गर्नुपर्नेमा उल्टो रुनेकराउने र मिडीयाबाजी गरी ढोल पिट्नुको अर्थ के ? के धुर्मूस सुन्तली आफ्नो असफलता र निराशालाई गाँउलेको टाउकोमा थोपरी रंगशाला निमार्णको अभियानबाट भाग्न खोजेका त् होईनन् ? प्रश्न उठछ । अर्को तर्फ उनीहरुको प्रस्तुती शैली पुरै हैकमबादी देखिन्छ । देशनिकाला गर्ने ध्वास दिने ? बिषयबस्तुलाई निराकरणतर्फ लाग्नुको सटट सुन्तलीको प्रस्तुती उत्तेजना फैलाई भाग्ने चालबाजी हो की भनि आम सर्बसाधरणले सोच्नु कुनै अपराध हाईन् । त्यस्तै गाँउलेको आवाजलाई सहि रुपमा सम्बोधन गर्नुको साटो महानगर नेकपाले पनि बिषयबस्तुलाई थप तन्काउने र गाँउलेलाई चिढाउने खालको अभिब्यक्ति रभुमिका खेले त्यो अपूर्ण र अपरिपक्व सावित भईसकेको छ ।
अझै जसरी हुन्छ प्रकाश कडेल, ध्रुब पराजुली, सुरेन्द्र बि. क. र भैंरब पराजुलीलाई फसाउने षडयन्त्र भईरहेको भन्दै गाँउलेहरु आन्दोलित भईरहेका छन् । यो परिस्थीती रहिरहनु भनेको घातक छ । यो कुरा किन बुझ्दैनन् जिम्बेवार मान्छेहरु ? तर्सथ बिवादलाई बढाउने होईन् सल्टाउनेतिर जाँउ, त्यस्को लागी हाल थुनामा रहेका गाँउलेहरुलाई तत्काल रिहा गरिनुपर्दछ । गाँउलेका मागहरु छलफल गरी अघि बढ्ने हिम्मत गर्न जिल्ला नेतृत्व तयार हुनैपर्दछ । अझै धेरै बिग्रिएको छैन् । सबैमिली रंगशाला निर्माणमा लागौं बिवादलाई बढाउनु भनेको रंगशाला नबनाउनु हो । बुझनेलाई ईशारा काफी छ, सुतेको नाटक गर्नेहरुलाई उठाउन सकिन्न । तसर्थ रंगशालानिमार्णको बाताबरण निर्माणमा जिम्बेवार बनौं । अत्ः रंगशालामा बिवाद नबढाऊ ।