पाँचौँ चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा

चितवन, २० जेठ । आगामी जेठ २४ गतेदेखि चितवनको भरतपुरमा हुने चितवन च्याम्पियनसिपको तयारी अन्तिम चरणमा पुगेको छ । एभरेष्ट क्लब भरतपुरले प्रत्येक वर्ष आयोजना गर्दै आएको चितवन च्याम्पियनसिपको पाँचौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको हो ।
प्रतियोगताबारे जानकारी दिने उद्धेश्यले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अशोक देवकोटाले सो प्रतियोगतामा १६ टिमको सहभागिता रहने जानकारी दिए । खेल प्रबद्र्धन र स्थानीय प्रतिभा प्रस्फुटनका निम्ति प्रत्येक वर्ष च्याम्पियनसिप आयोजना गरिदै आएको देवकोटाले बताए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतियोगिताको विजेताले हनामी पाँचौँ चितवन च्याम्पियनसिपसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ । सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुको भनाइ छ ।
असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन रहेको छ । प्रतियोगिताको सहप्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । सो प्रतियोगितामा दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि, नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेको छ ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लाग प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको पूर्वसन्ध्यामा जेठ २२ गते साँझ ४ बजे चितवन भेट्रानका विरुद्ध युवा विद्यार्थी नेताहरु तथा २३ गते साँझ जनप्रतिनिधिका विरुद्ध पत्रकारहरुकोबीचमा मैत्रीपूर्ण फुटबल खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिता फिफ नियमअनुसार खेलाइने बताइएको छ । सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।