करोडौँको मालिक ८० वर्षिय बृद्ध डंगोललाई आफनैं छोराहरुले घरबाट निकाले ।

चितवन/ हाम्रो समाज दिनप्रतिदिन स्वार्थी र अमानवियतातिर उन्मुख हुँदैं गईरहेको छ । समाजमा मानिसहरु बढी नै तुच्छ र उपभोक्ताबादी भईरहेका छन् । जुन मानिस जातीको असुहाउदो कुरा हो । आफ्ना वृद्धवृद्धा बा–आमाहरुलाई वृद्धाश्रममा छोड्ने चलन अहिले व्याप्त रहेको छ । काम गर्न नसक्ने अवस्थामा पुगेपछि छोराहरुले वृद्ध बा–आमाहरुलाई वृद्धाश्रमको बाटो देखाउने गरेका छन् । त्यति मात्र होईन अहिले त् सम्पतिका लागी आफ्नै बाबु आमाको ज्यान समेत लिने अपराधी छाराछोरीहरु पैदा भईरहेका छन् । उनीहरु समाजका कलंक नै हुन् । यस्तै अवस्थामा अहिले करोडौँ सम्पत्तिका मालिका भईसकेका चितवन जुगेडीका ८० वर्षीय गोविन्द डंगोल पुगेका छन् ।

घरपरिवारले घरबाट निकालेपछि उनी रुदै पत्रकारको शरणमा आईपुगेका हुन् । उनले जिल्ला प्रहरी कार्यालय चितवनमा पनि अन्यायीहरुलाई झिकाई कानुन बमोजिम कारबाही गरी पाउँ भनि निवेदन समेत दिएका छन् । आफ्नो सम्पत्तीलाई ६ भागमा बण्डा गरिदिन माग गर्दै उनले आफूलाई न्याय दिलाउन समेत माग गरेका छन् । उनले एकाघर सगोलमा रहेका आफूलाई छोराहरु र श्रीमतीले हेलाघृणा गरी घरबाट निकाला गरिएको बताए ।

हाल आफ्नो जीवनयापन गर्ने कुनै आधार नरहेको, आयस्रोत वा सम्पत्ती पनि नभएको र पालनपोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएको अवस्थामा उपेक्षित जीवनयापन गर्नुपर्ने अवस्थमा रहेको गुनासो पोखेका छन् ।उनले आफ्नो वृद्धपनको फाईदा लिई आफ्नो नाममा दर्ता रहेको डिजी पोल्ट्री कम्पनी, शेयरहरुमा समेत छोराहरुले नक्कली सहीछाप गरी कम्पनीको संचालक समितिबाट निकाला गर्ने, शेयर विक्री गर्ने, सम्पत्तिको हकभोगबाट बञ्चित गराएको बताए । जेष्ठ नागरिकको सम्पत्ति लिने बदनियतले छोराहरुले कम्पनीका लिखतहरुमा किर्ते सही छाप गरी ठगी गरेको समेत डंगोलले बताए ।
रुदै घरबाट निकालिएका ८० वर्षे वद्ध डंगोलले नैतिक दायित्व समेत निर्वाह नगरेका छोरा र परिवारलाई कानुन बमोजिम कारवाही गरी आफू बस्दै आएको रामनगर र भतेरीको घर नै खाली गराई शान्तिपूर्वक बस्ने व्यवस्था गरी आफ्नो हकअधिकारको व्यवसाय तथा सम्पत्ति समेत दिन लगाई न्याय दिलाउन प्रहरी प्रशासन र नागरिक समाजसंग आह्वान गरेका छन् । भण्डाफोर अभियानबाट