मन्दिर परिसरबाट काठ चोरी गर्ने भिम धर्ती डिएसपी ज्ञवालीको फन्दामा ।

 चितवन, १२ मंसिर । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ८ स्थित कालिका मन्दिरको परिसरबाट काठ चोरी गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधी ज्ञवाली ९डिएन० का अनुसार मन्दिर परिसरमा रहेको प्रतिक्षालयको फलेक उप्काई लैजादै गरेको अवस्थामा सोही नगरपालिकाको वडा नं। ७ बस्ने बर्ष ४० को भिम घर्तीलाइ प्रहरीले पक्राउ गरेको हो । घट्ना हुनु दुइ दिन अगाडि अर्थात मंसिर ४ गते राती पनि सोही प्रतिक्षालयको फलेक उप्काई चोरी भएपछि प्रहरी र मन्दिर व्यवस्थापन समितीले निरन्तर रूपमा गरेको निगरानी र प्रहरी स्वयंमले पनि बढाएको सक्रियता कारण धर्तीलाइ मंसिर ६ गते राती प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका धर्तीको साथबाट १४ थान सालको फलेक, १ थान साइकल, हँसिया, डोरी र लाइट समेत बरामद गरेको जनाइएको छ । पक्राउ परेका धर्तीलाई चोरी ऐन अन्तर्गतको मुद्दा दर्ता गरी आवश्यक रूपमा कारवाही प्रक्रियालाई अगाडि बढाएको समेत डिएसपी ज्ञवालीले बताए ।

अपराधीक गतिविधिमा न्यूनीकरण ।
यसैबीच , रत्ननगरको जिम्मेवारी सम्हालेलगत्तै डिएसपी दयानिधी ज्ञवालीले अपराधीक गतिविधिलाइ कुनै पनि हालतमा नियन्त्रणमा लिएरै छाड्ने बताएका छन् । उनले जिम्मेवारी सम्हालेपछि अहिले अपराधीक गतिविधि नियन्त्रणमा लिन सफल भएका हुन् । यस्तै , बर्षौदेखी राज चल्दै आएको अवैध ढुंगा, गिट्टी उत्खनन कार्य समेत यतिबेला पुर्ण रुपमा बन्द भएको छ । भने, ब्यापाक मात्रामा प्रहरी समेत परिचालन गरी घट्ना घटे लगत्तै ुअन द स्पोर्ट्ु घट्नास्थलतर्फ प्रस्थान हुने गरी सुरक्षा समेत मिलाइएको डिएसपी ज्ञवालीले बताए । उनले आफ्नु कार्यकालभर रत्ननगरलाइ शान्तिपूर्ण र भयरहित बनाइ स्थानीयको मन, मस्तिष्कमा बसी राम्रोसँग कार्यसम्पादन गर्ने र गलत क्रियाक्रलापमा आफु पनि सहभागी नहुने र कोही भएको पाइए तुरुन्तै पक्राउ गरी थुनिदिनेसम्म चेतावनी दिएका छन् । विगतमा यहाँ प्रहरीहरुसंग दलालीको सम्वन्ध रहेको जानकारी मैले पाए, डिएसपी ज्ञवालीले भने – गलत मान्छेसंँग संँगत पनि गर्दिनँ, र त्यस्ता मान्छेलाइ ज्यान गए पनि छाड्दिनँ उनले भने, गलत धन्दामा आफ्नै कर्मचारी भएपनि कुनै हालतमा नछाड्ने उनको चेतावनी थियो । आइ।जी। साबले जुन उद्देश्य पुरा गर्न मलाई यहाँ छानेर पठाउनुभएको छ । सो, जिम्मेवारी मैले पुरा गर्नुपर्छ । उनी भन्छन् स् पैसा नै सबैभन्दा ठुलो होईन । मैले प्रहरीमा प्रवेश पैसा कमाउन होइनन् जनताको रक्षक भएर काम गर्न खटिएको हुँँ । यस्को म अक्षरंश पालना गर्छु । सिकायतको कुनै मौका दिन्न ।