चितवनमा प्रहरीको असुली धन्दा अझै रोकिएन

अबैध असुलीमा एआईजी घिमीरे नै सक्रिय


चितवन ÷ चितवन जिल्लामा पछिल्लो समय प्रहरीको अबैध असुली ह्वातै बढेको छ । जिल्लामा रहेका खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा तस्करीमा समेत प्रहरीले लाइन मिलाई छाड्ने गरेको पाइएको हो । जिल्लाका नारायणी नदि , बुढि राप्ती, कयरखोला र लोथर खोलामा ठेकेदारहरुले तोकिएको भन्दा दशौ गुणा ग्राभेल उत्खनन गरि रहेको भएपनि चितवन प्रहरी तमासे र मुकदर्शक बनि बस्नुले प्रहरीका हाकिमहरुलाई तस्करहरुले मोटो रकम बुझाउने गरेको आशांका गर्न सकिन्छ । भण्डाफोरलाई प्राप्त एक गोप्य स्रोतले दिएको जानकारी अनुसार अबैध असुलीमा चैत्रबाट अवकाश पाउन लागेका एआईजी केशरी घिमीरे स्यम सक्रिय रहेका छन् । आफ्ना विश्वासपात्रहरु मार्फत घिमीरेले असुलीलाई तिब्रता दिएको स्रोत बताउँछ । अवकाश पाउनु अघि नै मोटो रकम जम्मा गर्न एआईजी घिमीरेले सिधै चौकीका इन्चार्जहरु हेरफेर गर्ने, आफु अनुकुललाई मालदार स्थानमा खटाउने, रकम नबुझाउनेलाई तालिममा हालिदिने कार्य भईरहेको स्रोतको दाबी छ । घिमीरेका विश्वास पात्र रहेका भानु आचार्यलाई उनकै संरक्षणमा प्रहरी नियमावली विपरित चनौली चौकीमा जिम्मा दिई रामपुरदेखी तलका नारायणी नदिमा ठेकेदारहरुलाई मन लाग्दी उत्खनन् गर्न दिइएको स्पष्ट देखिन्छ । त्यस्तै पुर्वी चितवनका खोलाहरुबाट घिमीरेकै अर्का विश्वासपात्रद्धारा असुली भईरहेको स्रोतले बताएको छ । ३ नं. प्रदेश प्रहरीको तर्फबाट यस अघि नै चितवनबाट लेखेटिएका प्रहरी हवलदार राम प्रवेश यादवले प्रदेश भरीका चौकी इन्चार्जहरुलाई फोन गरी एआईजी साबले रकम माग गर्नु भएको छ भन्दै रकम माग्ने गरेको समेत स्रोतको दाबी छ । यता यस विषयमा बुझ्दा प्रहरी हवल्दार यादवले आफुले असुली कार्य नगरेको जिकिर गरे । यसैविच एआईजी घिमीरे सँग असुली कार्य बारे बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।
त्यस्तै चितवन प्रहरी कार्यलयबाट लेनदेनका केशमा संलग्नता जनाएको पाइएको छ । लेनदेन केशमा चौकीमा बोलाई जर्बजस्ती कागज गराएको एक पिडीतले गुनासो गरे । मिटर ब्याजको रकम तिर्न सकिन साँवा भन्दा दुई गुणा बढि ब्याज नै बुझाईसकेको थिए । तर फेरी चौकीमा बोलाई जर्बजस्ती कागज गराए एक पिडीतले भने । यसरी सरकार फेरीएर भ्रष्टचारमा शुन्य सहनशिलताको ढोड्ड पिटाए पनि जिल्लाका प्राकृतिक स्रोतहरु माथिको दोहन र प्रहरी प्रशासनको असुली कार्यलाई हेर्दा जुन सरकार र गृहमन्त्रि आएपनि लुटेराहरुकै बोलबाला हुने हो की भन्ने आम विश्लेषण रहेको छ । यता ड्युटी समयमा पोशाक नलगाई आफ्नो करोडौको गाडीमा चढी फुर्ति देखाउदै हिड्ने र ड्युटी भन्दा बढि भट्टीमा रमाउँदै हिड्ने प्रहरी सई लोकेन्द्र अधिकारी गृहमन्त्रिका सन्निकट रहेका हरुसँग भेटी इन्सपेक्टरमा बढुवा हुने दाउमा दौड धुप गरिरहेको खुल्नमा आएको छ । गृहमन्त्रि राम ब. थापाले सचेत भई प्रहरी संगठन भित्रको फोहोरमैला साफ गर्न ढिला गरेमा फोहरकै डंगुरले उनलाई समेत पुर्ने हो की भन्ने चिन्तामा उनका शुभचिन्तकहरुले चिन्ता ब्यक्त गर्न थालेको पाईएको छ । आजको भण्डाफोर अभियानबाट