कार्यालय समयमै मदिरा सेवन गरि हो हल्ला गर्छन् भरतपुर मालपोत कार्यालयका कर्मचारी

चितवन, २९ फागुन । जिल्ला मालपोत कार्यालय भरतपुरका नायब सुब्बा ईच्छा प्रसाद अयालले कार्यालय समयमा मदिरा सेवन गरि हो हल्ला गर्ने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
कार्यालयको मुद्दा साखामा कार्यरत उनले बिहानै देखि मदिरा सेबन गरि कार्यालयमा आउने र सेवाग्राहीसंग घुस माग्ने गरेको भन्दै सेवाग्राहीहरुले बिरोधमा उत्रिएको आजको नमस्ते बिहानी साप्ताहिक खबर छ ।
मद्धिरा खाएर घुस माग्न थालेको भन्दै भिडियो खिच्न थालेपछि अयार्ललाई उनकै फाँटमा काम गर्ने अन्य कर्मचारीले भगाएको सेवाग्राहीहरुले बताएका छन् । उनी हाजिर गरेर मोबाईल सुईच अफ गरि कार्यालयबाट भागेका हुन् । कर्मचारीका कारण आफुहरुले निकै दुख पाएको सेवाग्राही भरत पाण्डेले बताए ।
मालपोत कार्यालयकै मुद्दा फांटका कर्मचारीले मापसे गरि मुद्दा मिलाईदिने भन्दै पैसाको बार्गे्निङ गर्न थालेपछि भरतपुर ८ का थपलियाले सञ्चारकर्मीहरुलाइ बोलाएर उनको रहस्य पर्दाफास गरेका हुन् ।
चितवनमा मालपोतको ३ ओटा थप कार्यालय स्थापना भएपनि भरतपुरको कार्यालयबाट एकै दिनमा हुने कामलाइ ४ दिनसम्म अड्काएर राख्ने प्रवृत्ति रहेको सेवाग्राहिहरुको गुनासो छ ।
मापसे गरेर कार्यालय आएको व्यक्तिलाइ सेवा दिने मालपोत प्रशासनले नै गलत नाम दिएर भगाएको सेवाग्राही भरत पाण्डेको भनाई छ । मालपोत कार्यालय भरतपुरका कर्मचारी नासु अर्याललाइ यसअघि पनि मापसे गरि कार्यालय आएर होहल्ला गरेको भन्दै प्रहरीले थुनामा राखेको थियो ।
यो बिषयमा कार्यालयका सुचना अधिकारी खेमनारायण पौडेलसंग बुझदा अर्याललाई आफुहरुले तह लगाउन नसकेको र उनी सधै रक्सी खाएर आउने गरेको बताए । उनले भने आईतबार पनि उनीले रक्सी खाएर आएका हुन् । उनलाई कसैले तह लगाउन सकेन बिगतमा पटक पटक जिल्ला प्रशासन कार्यालयमा उपििस्थत गरायौ तर उनी सुध्रिएनन् ।

अर्यालले रक्सी खाएर होहल्ला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई खोज्नका लागि मालपोत पुगेको थियो ।
अर्याललाई कार्यालयमा नभेटेपछी मोबाईलमा फोन गर्दा सुईच अफ भनेपछि टोली फिर्ता भएको हो ।
भरतपुर मालपोतका कर्मचारीहरुले सानो–सानो कामलाई पनि भोलि भोलि भनेर अड्काएर राख्ने र पैसा दिए तुरुन्तै गर्ने नत्र भोलिभोलि भन्दै दुख दिने कामहरु गर्ने गरेको सेवाग्राहीहरुको दुखेसो छ ।