प्राविधिक शिक्षालाई प्रथमिकता दिएर शिक्षा ऐन बनाउन स्थानिय तहलाई सरोकारवालाको सुझाव

चितवन,माघ ८

स्थानिय तहले विद्यालय शिक्षा व्यवस्थापन गर्दा प्राविधिक शिक्षामा जोड दिनुपर्ने सरोकारवालाले वताएका छन् । अनेरास्ववियु चितवनले आज (सोमवार) भरतपुरमा आयोजना गरेको “स्थानिय तह र विद्यालय शिक्षा व्यवस्थापन” विषयक अन्तरकृया कार्यक्रममा वोल्ने सरोकारवालाले सो विषयमा जोड दिएका हुन् । उनिहरुले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य खालको शिक्षाको व्यवस्था गरिनुपर्ने वताए । भरतपुर महानगरपालिकाले तयार पारेको ऐनको ड्राफ्ट स्थानिय शिक्षा ऐनको फोटोकपी भएको ,प्राविधिक शिक्षा तर्फ केन्द्रित नभएको,सामुदायीक विद्यालय मैत्री नभएको सरोकारवालाको आरोप छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै शिक्षाविद् रमाकान्त सापकोटाले कितावको मात्रै शिक्षा भन्दापनि व्यवहारिक शिक्षालाई जोड दिनुपर्ने वताउनुभयो । उहाँले शिक्षा ऐन निर्माण गर्दा सरोकारवालासंगको प्रयाप्त छलफलवाट बनाउन सकेमात्रै अर्थपूर्ण हुने वताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षाविद् प्रेम रिमालले स्थानिय स्तरमा सुहाउने र विक्ने खालको ऐन वनाउनुपर्ने वताउनु भयो । स्थानिय तहले केन्द्रसंग समन्वय नगरि आफु अनुकुलको ऐन वनाउदां बेकामको बन्नसक्नेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो । यस्तै भरतपुर महानगरका शिक्षा विभागका प्रमुख विरेन्द्र जंग थापाले समय अभावका कारण ऐनका विषयमा प्रयाप्त छलफल गर्न नसकेको स्विकार गर्नुभयो ।

अनेरास्ववियुकी केन्द्रिय उपाध्यक्ष सुनिता वरालले अखिलले २०६८ सालमा उठाएको शैक्षिक वहस अहिले पनि उत्तिकै सान्र्दर्भिक वनेको वताउनुभयो । उहाँले विद्यार्थीसंगठन र सरोकारवालासंगको छलफल र समन्वय नगरि ल्याइने शिक्षा ऐन कार्यान्वयनमा समस्या हुने वताउनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय सिनेट सभाका सदस्य बावुराम उपाध्याय,विरेन्द्र वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोविन्द सापकोटा,नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरि कंडेल लगाएतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १४ “ज” ले व्यवस्था गरेवमोजिम स्थानिय तहलाई शिक्षा सम्वन्धी २३ बटा अधिकार दिइएको छ । सो परिधि भित्र रहेर स्थानिय तहले शिक्षा सम्वन्धी ऐन नियमावली,निर्देशिका,कार्यविधी र मापदण्ड बनाउन सक्ने व्यवस्था रहेको छ । सवै स्थायिन तह शिक्षा सम्वन्धी ऐन निर्माणको प्रकृयामा रहेकाले अन्तरकृया कार्यक्रम आयोजना गरिएको अखिल चितवनका प्रचार विभाग प्रमुख विमल केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा अखिलका निवर्तमान अध्यक्ष देव प्रसाद पाठकले कार्यक्रमको औचित्यमाथी प्रकास पार्नुभएको थियो । अखिल चितवनका संयोजक धिपन भण्डारीको अध्यक्षता र कन्द्रिय उपाध्यक्ष सुनिता वरालको प्रमुख आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।