कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

चितवन, माघ – ६

चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ ।

गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि प्राथमिकतामा राख्नुपर्ने औल्याएका छन् ।

गोष्ठीमा औद्योगिक व्यवसायसंग आर्कषित औद्योगिक नीति, पोलिसी रिसर्च टिम बनाउनेदेखि चितवन प्रदर्शनी केन्द्रलाई पूर्णता दिँदै शक्तिखोर औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकता दिईएको छ ।

गोष्ठीले २०७४÷७६ को कार्ययोजना पारित गर्ने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए । गोष्ठीमा प्रस्तावित कार्ययोजनामा सबैले आ–आफ्नो राय सुझाव दिएका छन् ।

यसैबीच ६ जना उपाध्यक्षहरुको कार्य विभाजन समेत गरिने छ । सचिवालय सरकारी एवंम गैरसरकारी समन्वय विभाग, आर्थिक तथा योजना विभाग, प्रदर्शनी केन्द्र तथा औद्योगिक शिक्षालय निर्माण विभाग, प्रदर्शनी केन्द्र संचालन एवंम अन्तराष्ट्रिय सम्बन्ध विभाग र संगठन विस्तार, नीति निर्माण, औद्योगिक क्षेत्र र सामाजिक उत्तरदायित्व विभाग गठन गरि ६ जना उपाध्यक्षहरुको कार्यविभाजन गरिने संघका अध्यक्ष दुवाडीले जानकारी दिए ।

गोष्ठीमा गर्भनिङ काउन्सील, पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको छ ।