गैंडाकोटमा यौन धन्दा मौलाउदैं प्रहरी, संरक्षणमै बेथिती मौलाएको स्थानियको आरोप

हुक्का बारका सञ्चालकलाई प्रहरीले किन दियो उन्मुक्ती ?

नवलपुर÷नवलपुरको गैंडाकोट नगरपालिका र आसपासका क्षेत्रमा दिन दहाडैं वेश्यावृती र यौन धन्दा मौलाउदैं गएपनि ईलाका प्रहरी कार्यलय गैडाकोट भने बेखबर जस्तो गरि मुकर्दशक बसेको स्थानियले आरोप लगाएका छन् । एक स्थानियले आफ्नो नाम नबताउने शर्तमा भने गैडाकोट क्षेत्रमा रहेका केही होटल तथा कटेजहरुमा दिन दहाडै यौनधन्दा सञ्चालनमा रहेपनि प्रहरी किन तमासे बनि बसिरहेको छ त ? बेलुका भएपछि प्रहरी हाकिमहरु नैं एकदुईजना सिपाही बाहिर ड्युटी गर्न लगाई त्यस्ता होटल तथा कटेजहरुमा छिर्ने गरेको पनि श्रोतले बतायो । श्रोतले भन्यो, गैडाकोटको थुम्सी, नारायणी किनार र हाईवे क्षेत्रमा रहेका केही लज, कटेज तथा रेष्टुरेण्टहरुमा ग्राहकको माग बमोजिम बाहिरबाट युवतिहरु मगाई देहव्यापारमा लगाउने गरेको तथ्य खुल्नमा आएको छ । श्रोत अगाडी थप्छ, केही धन्दावाल व्यापारीहरुले प्रहरीका हाकिमहरुलाई रिजाएकै कारण निर्वाद रुपमा यौनधन्दा जस्तो जघन्य अपराध सञ्चालन गरिरहेका छन् यस विषयमा जनप्रतिनिधीमुलक सँस्था नगरपालिका र अन्य सरोकारवाला निकायहरु सचेत र जागरुक भई गैडाकोटमा मौलाउन शुरु गर्न लागेको वेश्यावृती र यौन धन्दा नियन्त्रण गर्न लाग्नुपर्ने देखिन्छ । श्रोतका अनुसार यस क्षेत्रमा रहेका हुक्का बार, वाईवा होटल लगाएतका एक दर्जन होटलमा खुलेआम यौनधन्दा हुने गरेपनि प्रहरी प्रशासनको मौनतालाई निकै र्थपूर्ण रुपमा हेरिएको छ ।
यता, नवलपुरको गैंडाकोट नगरपालिका ९ मा रहेको गार्डेन हुक्का बारमा गत् पौंष १० गते यौनजन्य अस्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा विशेष सुचनाको आधारमा प्रहरीले रंगेहात दुई युवती सहित दुई पुरुषलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये भरतपुर १९ का एक युवकलाई प्रहरीले त्यसै छाडिदिएको थियो भने सोही स्थानका हडक लामा र दुई युवतीहरुलाई ११ गते केही सार्बजनिक अपराध ऐन अन्र्तगत मुध्धा चलाएको थियो । पक्राउ परेकाहरुलाई एकहप्ता हिरासतमा राखी जिल्ला प्रशासन कार्यलयमा बुझाएको थियो । जिल्ला प्रशासन कार्यलय नवलपुरले उनीहरुलाई ५।५ हजार जरिवना गराई छाडेको थियो । प्रहरीले यौन क्रियाकलापमा सम्लग्न रहेको भन्दै एक युवक र दुई युवतीलाई कारबाही गरेपनि गार्डेन हुक्का बारमा यौन व्यवसाय गराउने सो बारका सञ्चालक डँुडे भन्ने मोहन लामालाई अझै पक्राउ गरेको छैन् । पक्राउ परेकी मध्य १८ बर्षिय एक युवतीले भण्डाफोरसँग कुरा गर्दै भनिन, हामीलाई होटल सञ्चालक मोहन लामाले रु पाँचसय दिन्छु, खानबस्न दिन्छु भनि ल्याएर यस्तो काममा लगाएका हुन । उनले अगाडी थपिन आमा बित्नुभयो कान्छीआमाले हेला गरिन त्यहि भएर घर छाडी साथीकोमा आउँदा साथीसँगै बिबस भई यौन धन्दामा लागीयो अब सुध्रन्छु । ती युवतीले आफुहरुलाई ललाईफकाई विबस बनाई यौनधन्दामा लगाई होटल सञ्चालकले ग्राहकसँग बढी रकम लिई आफुहरुलाई कम रकम दिएको प्रष्ट बयान हुँदाहुँदै प्रहरीले होटल सञ्चालकलाई अझै पक्राउ गरि कानुन मुताविक कार्बाही गर्नुको सट्टा उल्टै उस्कै बचावमा लाग्नु र अहिलेसम्म पक्राउ गरि कारबाही गर्न नसक्नुले स्थानियले लगाएको आरोप मात्रै प्रमाणित भएको छैन गैंडाकोट प्रहरीको व्यवसायिक क्षमता र नियत मै शंका उत्पन्न भएको छ । गत् पौंष १० गतेबाट बन्द भएको उक्त हुक्का बार विना कारबाही अहिले केहीदिन यता पुनंः सञ्चालनमा आउनुले थप आंशका बढाएको छ । गैडाकोटमा लामो समयदेखि १६ । १७ बर्षका युवतीहरु ल्याई अबैध यौन धन्दा सञ्चालन गर्ने सो हुक्का बारका सञ्चालक लामाले बदनाम घुमुवा बिजय यादव मार्फत प्रहरी हाकिमहरुलाई मोटो रकम बुझाउने गरेका कारण सो बारमा लामो समयदेखि खुलम खुल्ला अबैध यौनधन्दा चलिरहेको बुझिन आएको छ । घुमुवा प्रहरी विजय यादवको विषयमा यस अघि नै पटक पटक भण्डाफोर अभियानले खबर सम्प्रेषण गरेसँगै उनलाई ४ न. प्रदेश प्रहरी प्रमुख गणेश बमको ठाडो आदेशमा गणमा तानी छानविन गरि उनलाई ग्रेड घटुवासहित नसिहत दिईएको थियो । यसैविच भण्डाफोर अभियानलाई प्राप्त एक गोप्य श्रोतको सुचना अनुसार यौन कार्यमा सम्लग्न युवतीहरुलाई कम रकम दिई ग्राहकसँग पाँच हजार लिई यौन धन्दा चलाईरहेका लामालाई प्रहरीले केही सार्बजनिक अपराधमा मुध्धा लगाई केशलाई ढिसमिस गराउने तयारी भईरहेको बुझिएको छ ।
सडकमा समेत मनपरि शुल्क
ईलाका प्रहरी कार्यलय गैडाकोटकै अगाडी प्रहरीले नियमित चेकिङ्गपोष्ट राखेको छ । सो पोष्टमा बस्ने केही प्रहरीले दैनिक हजारौ रकम उठाउने गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त गोप्य सुचनाको आधारमा सो ढाँट रहेको स्थानमा हाम्रा सहकर्मीले निगरानी राख्दा डियुटीमा बस्ने प्रहरीहरुले खुलेआम रकम माग्ने गरेका हुन । उनीहरुले भारतीय सवारी, मालबाहक सवारी र अन्य भैंसी, गोरु ल्याउने ट्रकहरुसँग सडकमा समेत मनपरि शुल्क लिने गरेका हुन् ।उनीहरुले आफ्नै तागतले रकम उठाउने गरेका हुन कि हाकिम को आदेशमा त्यो भने अहिले यकिन भईसकेको छैन । तर श्रोत भन्छ हाकिमको आँखा अगाडी सडकमा रकम असुली हँुदा हाकिमलाई कसरी थाहा हुँदैन ? यसरी गैंडाकोट क्षेत्रमा बेथिती बढ्दै गएपनि ईलाका प्रहरी मुकर्दशक बस्नुले एकातिर यस क्षेत्रका स्थानियहरु चिन्तीत बन्दै गएका छन् भने अर्कोतिर प्रहरी संगठन दिनप्रतिदिन बदनाम हँदै गएको आम विश्लेषण भईरहेको छ ।

भण्डाफोर अभियानबाट