उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सहनलाल प्रधान विजयी

प्रधान प्यानलका पदाधिकारीसहित बहुमत सदस्य निर्वाचित

चितवन÷उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा युवा व्यवसायी एवं सञ्चारउधमी सहनलाल प्रधान विजयी भएका छन् । प्रधान ३ सय ४३ मतान्तरका साथ अध्यक्षमा विजयी भएका हुन् ।
गत् सोमबार राती सकिएको मतगणनामा अध्यक्षमा विजयी प्रधानले १४८९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राजु श्रेष्ठले ११४६ मत प्राप्त गरेका थिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ १६१९ मतका साथ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद कँडेलले १०१८ मत प्राप्त गरेका थिए ।
यसैगरि वाणिज्य तर्फको उपाध्यक्षमा इ. भोजराज कौडाल १४७६ मतका साथ विजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी विपेन्द्र रामुदामुले ११५९ं मत प्राप्त गरेका थिए । उद्योग तर्फको उपाध्यक्षमा समुनकुमार श्रेष्ठ १४१३ मतका साथ निर्वा्चित भएका छन भने उनका निकटतम प्रतिद्धन्द्धी नविन कँडेलले १२१९ मत प्राप्त गरेका थिए । त्यस्तै वस्तगुत तर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी
(१४६१) मतका साथ विजयी हँदैं गर्दा उनका निकटतम प्रतिद्धन्द्धी राजेन्द्र कँडेलले
(११६४) मत प्राप्त गरेका थिए ।
त्यसैगरि उद्योग तर्फको कार्यसमिति सदस्यहरुमा अशोक अधिकारी (१९१०), सोमप्रसाद काप्री (१६८०), सिद्र्धालाल चुके (१६३७), इ.कृष्णप्रसाद रिजाल
(१४६१), रोहितकुमार श्रेष्ठ (१४२५) र चन्द्रमणी सापकोटा (१४१३) मतका साथ विजयी भएका छन् ।
यस्तै वाणिज्य तर्फको सदस्यहरुमा इश्वरीप्रसाद खराल (१६०५), राजेन्द्र ओली (१३६१), ज्ञानुप्रसाद न्यौपाने (१२६२), लक्ष्मी रिमाल पौडेल (१२१६), तारानाथ पाठक (११९५), थिरप्रसाद धिताल(१०७१) मतका साथ निर्वा्चित हुनुभएको छ । महिला सदस्यमा भने रजनी मास्के (१६९५) मतका साथ निर्वा्चित हुनुभएको छ । संघको यअसघि नै मनोनयन दर्ताको समयमै प्रधान प्यानलकै तीन जना सदस्य निर्विरोध निर्वा्चित भईसकेका छन् ।
उद्योग वाणिज्य संघ चितवनको गत् आईतबार सम्पन्न निर्वाचनबाट सहनलाल प्रधान प्यानलका पदाधिकारीसहितका बहुमत सदस्य निर्वा्चित भएका छन् । राजु श्रेष्ठ प्यानलका सदस्यमा इ.कृष्णप्रसाद रिजाल र थिरप्रसाद धिताल बाहेक सबै सदस्य र पदाधिकारीले पराजित भएका छन् ।  भण्डाफोर अभियानबाट