‘प्रचण्ड’ लाई पराजित उम्मेदवार बिक्रम पाण्डेले दिए बधाई

चितवन, मंसिर २५ –

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पराजित उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री बिक्रम पाण्डेले बधाई दिएका छन् ।
पाण्डे प्रचण्डका प्रतिस्पर्धी हुन् । प्रचण्डको विजयको औपचारिक घोषणा भएपछि सुरु भएको विजय जुलुशमा पुगेर पाण्डेले बधाई दिएका हुन् ।
प्रचण्डका प्रेस सल्लाहकार मनहरि तिमल्सिनाका अनुसार पाण्डेले बधाई दिँदै प्रचण्डसँग समृद्धिको यात्रामा आफू पनि सँगै रहने बताएको जानकारी दिए । चुनावी प्रतिस्पर्धाको क्रममा दुवै उम्मेदवारले एकअर्कालाई लक्षित गरी आक्रामक अभिव्यक्ति दिएका थिए । प्रचण्डले पाण्डेलाई ‘फटाहा’सम्मको संज्ञा दिएका थिए ।

तस्बिर स् राजकुमार लामिछानेको फेसबुकबाट