चितवन अब लाल किल्ला

प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील

२५ मंसिर, चितवन । प्रतिनिधीसभाको तीन निर्वाचन क्षेत्र र ६ वटा प्रदेशसभा क्षेत्र रहेको चितवनको सबै क्षेत्रमा वामगठबन्धनले जित हासील गरेको छ ।

क्षेत्र नं। ३ स् वाम गठबनधनका उमेद्वार तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन निर्वाचन क्षेत्र नः ३ बाट जित हात पारेका छन । लोकतान्त्रिक गठबन्धनका उमेद्वार तथा राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डे लाइ फराकिलो मतान्तरले हराएका छन । उनले प्रतिस्पर्धी उमेदवार विक्रम पाण्डेलाई ९ हजार ३४१ मतान्तरले पराजित गरे । प्रचण्डले ४८ हजार २७६ मत ल्याउँदा कांग्रेसको सर्मथनमा उठेका पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरे ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्रीको जिम्मेवारी पाएका पाण्डे अब ५ वर्ष कुनैपनि संसदीय जिम्मेवारीमा रहने छैनन ।

क्षेत्र नं। १ स् चितवन निर्वाचन क्षेत्र नं। १ बाट वाम गठबनधनका उमेद्वार,  एमालेका स्थायी कमिटी सदस्य एवम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे विजयी भए । पाण्डेले चिरपरिचित प्रतिद्धन्द्धी राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतको फराकिलो अन्तरले पराजित गरे ।
पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गर्दा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए ।

क्षेत्र नं। २ स् चितवन निर्वाचन क्षेत्र नं। २ बाट वाम गठबनधनका उमेद्वार,  एमालेका कृष्णभक्त पोखरेल विजयी भए । शिक्षा राज्यमन्त्रीसमेत रहेका कांग्रेसका नेता शेषनाथ अधिकारी   लाई पोखरेलले १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले हराए ।
पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरे ।

क्षेत्र नं। १ को प्रदेश क्षेत्र ९क० स् क्षेत्र नं। १ को प्रदेश क्षेत्र ९क० बाट एमाले प्रदेश नः ३ का सदस्य रहेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भए । उनी ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन । लामाले २३ हजार २३ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मत प्राप्त ल्याए ।

क्षेत्र नं। १ को प्रदेश क्षेत्र ९ख० स् क्षेत्र नं। १ को प्रदेश क्षेत्र ९ख० मा एमालेका वैकल्पिक केन्द्रीय सदस्य रहेका कृष्ण खनाल विजयी भए । उनी ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् ।
खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत प्राप्त गरे ।

क्षेत्र नं। २ को प्रदेश क्षेत्र ९क० स् क्षेत्र नं। २ को प्रदेश क्षेत्र ९क० मा वामगठवन्धनका उम्मेदवार माओवादी नेता घनश्याम दाहाल विजयी भए ।
माओवादी चितवनका जिल्ला सह इन्र्चाज दाहालले कांग्रेस चितवनका उपसभापति जीतनारायण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतले पराजित गरे । दाहालले २० हजार ८ सय ३१ मत ल्याई जीत हात पार्दा पराजित जीतनारायणले १५ हजार ६ सय ६३ मत ल्याए ।

क्षेत्र नं। २ को प्रदेश क्षेत्र  ९ख० स् चितवन क्षेत्र नं। २ ९ख० मा बाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी अत्याधिक मतका साथ विजयी भए । उनी ८ हजार ९ सय २ मतको अन्तरले विजयी हुन सफल भए । सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरे । सुवेदी एमाले प्रदेश न। ३ का सदस्य हुन ।

क्षेत्र नं। ३ को प्रदेश क्षेत्र ९क० स् चितवन क्षेत्र नं। ३ ९क० मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका कृष्ण भुर्तेल विजयी भएका छन । भुर्तेल १७ सय ४० मतको अन्तरले विजयी भएका हुन ।
उनले २४ हजार ७ सय ८५ मत प्राप्त गरे भने नेपाली कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत ल्याए ।

क्षेत्र नं। ३ को प्रदेश क्षेत्र ९ख० स् क्षेत्र नं। ३ ९ख० मा वाम गठबन्धनका तर्फवाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता रामलाल महतो विजयी भए । उनी ९ हजार १ सय ६१ मतको फराकिलो अन्तरले विजयी भएका हुन ।
रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गर्दा पराजित  नेपाली काँग्रेसका उम्मेदवार साजन महतोले १५ हजार ९ सय ४५ मत प्राप्त गरे ।