घुमुवा प्रहरी ठगेन्द्रको असुली धन्दा मौंलाउदैं

हाकिमलाई रिझाएकै कारण मालामाल, इन्सपेक्टरको नाम लिदैं व्यवसायीलाई थर्काउँदै ।

                                                                                               वडा प्रहरी कार्यलय नारायणगढ, जसलाई जिल्लामा मालदार कमाई हुने चौंकीको रुपमा लिईन्छ । नारायणगढका घण्टे लज तथा रेष्टुरेण्टहरु, दोहरी साँझहरु, भन्सार छलि गरी ल्याईने मालसामानवाला व्यापारीहरु, अन्य पोके व्यापारीहरु, अबैध भट्टीहरु र अबैध कारोबार गर्ने ठुलो जमातहरुको समेत आश्रयस्थल रहेको नारायणगढ र यस आसपासको क्षेत्र हेर्नै चौकी, पुृर्ब काँकडभिट्टा देखि बिरगञ्ज, नवलपरासी, रुपन्देही, कृष्णनगर, हुँदै पश्चिम महेन्द्रनगरसम्मबाट राजधानी काठमाण्डौं र आसपासका अन्य दर्जनौ जिल्लामा दुईनम्बरी माल जाने मुख्यमार्ग, आथिक केन्द्र र हरियो बनको धनी यस क्षेत्रमा तस्करहरुको पनि ठुलै उपस्थिती रहेको छ । यसै चौकमिा अन्यत्र दरबन्धि भई बर्षौबाट राज गरेर बस्ने प्रहरीहरु र तिनलाई काजको नाममा त्यहि थमौंति गरि राख्ने प्रहरी हाकिमहरुको स्वार्थ के रहन्छ त ? त्यो लाटाले पनि बुझ्दछ । हो  प्रहरी प्रशासनभित्र मुग्लीन दरबन्दि भएका तर चार बर्षबाट वडा प्रहरी कार्यलय नारायण्गढमा बसिरहेका प्रहरी जवान ठगेन्द्र पाण्डे र उनलाई थमौति दिने प्रहरी हाकिमको स्वार्थ मिलेको कारण उनले अहिले नारायणगढ बजारमा उधुम मच्चाईरहेको खबर प्राप्त भएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य श्रोतले दिएको जानकारी अनुसार  अबैध असुली लाई नै दिनचर्या बनाएका प्रहरी जवान  पाण्डे हाकिमलाई रिझाएकै कारण मालामाल हुँदै गएका छन् । दरबन्दि एकातिर काम अर्कोतिर त्यो पनि घुमुवाको रुपमा मत्ता साँढे जसरी व्यबसायीलाई थर्काउदै मासिक र हप्ता असुली जस्तो कार्य कस्तो गजबको डियुटी । मासिक र हप्ता नबुझाउने व्यवसायीलाई मलाई ईन्सपेक्टर साबले खटाउनुभाछ, नदिने हो फोन हान्न लगाईदिऊ, यसरी थर्काउने उनको दैनिकी नै बनेको छ, श्रोतले भन्यो । श्रोतका अनुसार नारायणगढका केही ट्रान्सर्पोट कम्पनिहरुले भन्सार छलि गरीे सामनहरु ल्याउने गरेको थाहा भएपनि प्रहरीले  ति ट्रान्सर्पोटहरुलाई कानुनी कार्बाही गर्नुको साटो तिनीहरुबाट समेत कमिशन बापत रकम लिने गरेको छ । पाण्डेले आफुलाई ईन्सपेक्टरले रकम उठाउन लगाएको भन्दै विशेष गरी तराईमुलका व्यवसायीहरुबाट मोटो रकम लिने गरेको श्रोतको दावी छ । यसैविच पाण्डेलाई सम्पर्क गर्न खोज्दा उनको मोबाईलमा सम्पर्क हुन सकेन । यता, वडा प्रहरी कार्यलय नारायणगढका ईन्सपेक्टर केशब शाहले आफुले कुनै प्रहरीलाई बजारमा कुनै प्रकारको असुलि गर्न नलगाएको भन्दै त्यस्तो कार्यमा सम्लग्नलाई छानविनको दायरामा ल्याउने बताए । भण्डाफोरकर्मीसँग कुरा गदै उनले भने आफु केहीदिन अघि मात्र वडा प्रहरी कार्यलय नारायणगढ आएकाले कस्ले कसरी कुन स्वार्थले घुमुवा राखेका हुन थाहा नभएको जनाए । उनले यस विषयमा आफुलाई भन्दा जिल्ला प्रहरी कार्यलयमा बुझ्न आग्रह गर्दै आफुले कुने घुमुवा नराखेको जानकारी दिए । भण्डाफोर अभियान साप्ताहिकबाट