गैडाकोटमा जुवा खाल मौलाउँदै

घुमुवा प्रहरी हप्ता असुल्न मै ब्यस्त


चितवन÷चितवन भरतपुर नारायणगढ क्षेत्रका जुवाडेहरु चितवनलाई असुरक्षित मान्दै नवलपरासीको गैडाकोटमा जाने क्रम बढे सँगै गैडाकोटमा जुवाको खाल मौलाउँदै गएको छ । यता चितवनमा मिडिया, प्रशासन र प्रहरीको तारो बन्न थालेपछि जुवाडेहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमालिएका हुन् । गैडाकोट क्षेत्रका होटल रेष्टुरेण्टमा मात्र होइन कतिपय घरहरुमा समेत जुवाखाल चलिरहेको पाईएको हो । भण्डाफोरलाई प्राप्तएक विश्वस्त सुत्रले दिएको सुचना अनुसार गैडाकोटको थुम्सीर राजमार्ग छेउछाउमा रहेका केही होटलहरुमा दैनिकजसो जुवाखाल चल्ने गर्दछ । स्रोत थप्छ कतिपय होटल तथा कटेजहरुमा त सेटिड्ड मात्र होइन होटल वालाले नै सेन्ट्री राखी जुवाखाल चलाईरहेका छन् । कतिपय होटल तथा गेष्ट हाउसमा एउटाले रुम बुक गर्ने अनि अरु पनि त्यही रुममा बसी कौडा समेत हान्ने गर्दछन् । गैडाकोटका होटलमा यस अघि नै पनि जुवा खेलाइएको पाईएको थियो । स्रोतले दिएको जानकारी अनुसार ॐ शान्तीचोकमा रहेको होटल हेरिटेजमा गत केही समय अगाडी जुवाडेहरु पक्राउ गरिएको थियो  । जुवामात्र होइन गैडाकोटका होटलहरुमा यौन ब्यापार पनि बढिरहेको बुझिएको छ । गैडाकोट क्षेत्रमा जुवातास र वेश्यावृती बढिरहेको आम गुनासो आईरहेको भएपनि गैडाकोट प्रहरी भने मुकदर्शक बनेर बसिरहेको देखिन्छ । इलाकाप्रहरी कार्यालय गैडाकोट गत ३ महिनायता कार्यालय प्रमुख नहुँदा यस क्षेत्रमा बेथिति बढेको स्थानियहरु नै बताउँछन् । यसैविच घुमुवा प्रहरी विजय यादवले माथि बुझाउनुपर्छ भन्दै गैडाकोट नगर क्षेत्रका कवाडी लगायतका अन्य ब्यवसायीहरु सँग धम्क्याउदै रकम असुली गरेको विषयमा सञ्चार माध्यममा समाचार आएपनि यादवलाई कार्बाही नगरिएको भन्दै स्थानिय ब्यवसायीहरु चिन्तित एवं आक्रोशित बनेका छन् ।
यसैविच यस विषयमा    जिल्लाका प्रहरी उपरिगक एस.पी. मुकुन्दराज आचार्यसँग कुरा गर्दा उनले त्यस्ता अपाराधिक गतिविधीलाई नियन्त्रण गर्न आफुले करनै कसर बाकँी
नराख्ने बताए ।