आधा दर्जनभन्दा बढी प्रहरी अझैें असुली कार्यमा

पर्सा जिल्लामा अझै रोकिएन तस्करीको धन्दा ।


चितवन÷भण्डाफोर साप्ताहिकले निरन्तर प्रहरी संगठन भित्र भइरहेको बेथिति र अनियमितताको
पटकपटक छताछुल्ल पारे पनि अस्वभाविक ढंगले पैसाको बार्गे्निङ गर्ने प्रहरीको गतिविधि अझै अन्त्य हुन सकेको छैनन् । तस्करी सित अबैध सम्बन्ध गाँसेर प्रहरी संगठनलाई नै बदनाम गर्ने खेलमा लाग्ने प्रहरीको भण्डाफोर साप्ताहिकले झन्डै तीन महिना देखी निरन्तर रूपमा फ्लो गर्दै आएको थियो । जस्मा , ५५ प्रहरीलाई सरुवा देखी निलम्बन सम्म गर्न हामी सफल भयौं । तर, तराईका अधिकांश जिल्लामा तस्करी रोकिएपनि पर्सा जिल्लामा भने तस्करीले अझैसम्म प्रश्रय पाइरहेका छन् । यद्यपि , यस्लाई नियन्त्रणमा लिन भने कुनै निकाय सफल हुन सकेका छैनन् । नेपालीहरूको महान चाडको आगमनसँगै नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्जमा अहिले तस्करीले प्रश्रय पाइरहेका छन् । आफूले आफैँलाई कहिँले भ्रष्टाचार नगर्ने र इमान्दार प्रहरी भन्न रुचाउने तत्कालीन पर्साका एसपी राजुबाबु श्रेष्ठ पनि तस्करी संग मिल्ने गरेको आरोप प्रहरी भित्रभित्रै चल्ने गर्छ । एसपी श्रेष्ठ स्वयंमले त्यहाँको साझा ट्रान्सपोर्टमार्फत् रकम असुलेपछि अन्य प्रहरीले पनि मौका पाएका थिए । सो , क्रममा एसपी श्रेष्ठले पर्साका तत्कालीन सई सागर राणा मार्फत् करोडौँ रूपैयाँ कमाउन सफल भएको खबर भण्डाफोर साप्ताहिकमा सार्वजनिक भएपछि तत्कालीन डिआइजी गणेश केसीले उनलाई ईलाका प्रहरी कार्यालय जीतपुर तानेका थिए । यद्यपि , उनलाई आफ्नु दरबन्दी भएको क्षेत्र मेट्रो ट्राफिक प्रहरी कार्यालय रानीपोखरीमा पठाउन भने डिआइजी केसी सफल भएनन् । उनी माथि भारतले लगाएको नाकाबन्दी र मधेस आन्दोलनका समयमा आफ्नो साझा ट्रान्सपोर्ट मार्फत् क्यारिङ गर्ने व्यापारीहरूलाई आकर्षित गर्नका लागी  स्कर्टिङका माध्यमबाट गन्तव्यमा र्पुयाएका कारण अधिकांश व्यापारीहरूले साझा ट्रान्सपोर्ट लाई नै व्यापार दिने गरेको आरोप लागेको थियो । त्यसको प्रत्यक्ष फाइदा सागर राणाले मात्रै उठाएनन् कि तत्कालीन एसपी राजुबाबु श्रेष्ठले पनि उठाउन सफल भए । साझा ट्रान्सपोर्टका सञ्चालक तस्कर वीरेन्द्र पटेलदेखि बालकृष्ण पोखरेलसँग उनको सामीप्यता कति थियो भन्ने कुरा उनीहरूले सँगै खिचेका तस्वीरहरूबाट समेत प्रष्ट हुन्छ ।  तत्कालीन एसपी गोविन्द साहलाई सरकार परिवर्तनसँगै प्रहरी प्रधान कार्यालयमा तानेपछि वीरगञ्ज ल्याइएका एसपी सुदिप गिरीले सुरुका केही दिनमा तस्करी नियन्त्रण र परिवर्तनको आभास देखाए पनि केही दिनमा नै उनको त्यो आभास केबल नक्कली रहेछ भन्ने कुरा यहाँका व्यापारीदेखि स्वयम् प्रहरीहरू ले समेत महशुस गरिरहेका छन् । प्रहरीमा जागिर खाएदेखि नै आफ्नो गृहजिल्ला वीरगञ्जबाट अलिकति पर बारामा कार्यरत रहिरहन सफल सई सागर राणाको दरबन्दी जतासुकै परोस् तर उनी वीरगञ्जमा पुलिसको जुनियर अधिकृतका रूपमा भन्दा पनि ठूलो व्यापारीका रूपमा चिनिन्छन् । पर्साबाहिर दरबन्दी भएर पनि लामो समयदेखि पर्सामा घुमुवाका रूपमा होस् या थाना चौकीको प्रमुखका रूपमा कार्यरत रहेका अधिकांश प्रहरी हरूलाई न त उनले रमाना गराउन नै सकेका छन् । कार्यालय कै एक कर्मचारीले आफ्नु नाम नबताउने सर्तमा भने , खोक्रो गफ गर्दैमा केही हुदैनन् । जनता नतिजा हेर्न चाहन्छन् जस्मा सई राणालाई हटाउन जरुरत छ । उता , प्रहरी निरीक्षक सन्तु जैसवालको नेतृत्वमा पनि एसपीको घुमुवा टोली परिचालन छ । बाहिर क्राइम ब्रान्चको नाम दिए पनि यो टोलीको प्रमुख काम भने , व्यापारी देखि तस्करहरुसँग जथाभावी रकम असुल्नु नै हो । ठूलो र संगठित रूपमा तस्करी नभए पनि रिक्सा, गाडाका माध्यमबाट पैसा उठाइरहेका छन् । प्रहरी निरीक्षक जैसवाललाई केही महिनाअघि मात्रै क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगञ्जमा काजमा खटाएको थियो । त्यसपछि क्षेत्रमा रहेका निरीक्षक सन्तु जैसवाल घुमुवाका रूपमा वीरगञ्जमा परिचालित भएका हुन् । उक्त घुमुवा टोलीमा वीरगञ्जमा लामो समयदेखि कार्यरत रहेका सई सूर्य पौडेल प्रमुख हस्तीका रूपमा रहेका छन् रकम उठाउने कार्यमा छन् । पौडेलको दरबन्दी पनि पर्सा बाहिर हो । लाइन दिएका तस्करहरूबाट रकम असुल्ने र मिलाउने काम सई सूर्य पौडेलले नै गरेको कुरा मुद्दा फाँटमा कार्यरत एक असईले सार्वजनिक गरेपछि अहिले वीरगञ्जमा नयाँ एसपीले पनि चोरी तस्करी नियन्त्रण गर्न नसकेको आरोप लाग्न थालेको छ । साथै , टाइगर टोलीको कमाण्डरका रूपमा परिचालन भएका असई तेज प्रताप सिंहले समेत तस्करहरूबाट सामान पक्राउ नगरिदिएवापत मोटो रकम लिने गरेको तथ्य जिल्लाकै एक सईबाट सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयमा यस विषयले व्यापक चर्चा पाएको छ । एसपी सुदिप गिरीले विगतदेखि नै बदनामी कमाएका प्रहरीहरूलाई दरबन्दी भएको क्षेत्रमा  लखेट्न नसकेको उनको चौतर्फी आलोचना भएको छ । अहिले वीरगञ्जको इनर्वा, छपकैया र सिर्सियाबाट ठूलो मात्रामा तस्करी भइरहेको छ । तस्करीको लाइन हरेन्द्र पटेल, विनोद, जटाधारी, शम्भु साहले पाएका छन् । तस्करहरूले वीरगञ्ज को प्रहरी प्रमुख आफु अनुकूलको व्यक्तिलाई सरुवा गरेर लैजाने विगतको परम्परा अहिले नेपाल प्रहरीमा नभए पनि सरुवा भई गएका एसपीहरूले तस्करहरूको अनुकूल काम गर्ने र सिभिलमा खटाइएका घुमुवा हरूमार्फत् रकम लिने गरेका दृष्टान्तहरू पछिल्ला समयहरूमा व्यापक रूपमा देखिएका छन् । उता , बाराको मटिहर्वा र मुसहर्वा नाकाबाट समेत तस्करी सुरु भएको छ । बाराको गञ्जभवानीपुर चौकीका असई राजेश पटेल, प्रहरी चौकी बरियारपुरका असई रामनरेश साह र जिल्ला प्रहरी कार्यालय बाराको ठाडो उजुरीमा कार्यरत असई जयगोविन्द प्रसाद कुर्मीले तस्करीहरु वृजकिशोर साह, गुरु साह, भारतको चैनपुर घोडा साहन घर भएका गोड साहलाई तस्करीको लाइन मिलाइदिने र रकम असुल्ने काम समेत गर्ने गरेको जिल्लाकै एक प्रहरी निरीक्षकले सार्वजनिक गरेका छन् । साथै तस्करहरूले बारा को गण्डकमा कार्यरत असईलाई समेत मिलाएर तस्करी गर्दै आएका छन् । बाराका एसपी राज कुमार वैदवारलाई समेत प्रभावमा पारेर अहिले यी तीन जना असईहरूले तस्करहरूसँग तस्करीको सेटिङ मिलाउने कार्य गरिरहेका छन् । असई राजेश पटेल, रामनरेश साह र जयगोविन्द प्रसाद कुर्मी बाराका पुराना प्रहरीमध्ये पर्दछन् । कहिले राम्रो थाना त कहिले जिल्लामा राम्रो अवसर पाउने यी असईहरूको तस्करहरूसँग अति नजिकको सम्पर्क रहेको छ ।