थाहा छ ? एनसेलले ग्राहक मात्रै होईन , देशै लुटिरहे छ । एनसेलको ठगी काण्ड पर्दाफास !

चितवन । नेपालमा टेलि कमयुनीकेशनको अत्याधिक ग्राहक को संख्या बटुल्न सफल एनसेलले जनता ठग्ने गरेको कुरा नौलो होइन ।  कर्पोरेट क्षेत्रको बाद शाह संस्था बनेर चिनिएको एनसेलले नेपालको कानुन पनि मिचेर ठगी धन्दा चलाई रहेको खुलासा भएको छ । सन्दर्भः एनसेलले गरिरहेको वित्तीय कारोबारको हो । ऐनसेलले टेलिभिजन,रेडियो अनलाईनलगायतका सञ्चार माध्यममा सम्प्रेषण गर्ने सप्तरंगी विज्ञापन र ती विज्ञापनमा प्रस्तुत गरिने विभिन्न सुविधाले हर कोही ग्राहकको मन लोभ्याउँछ ।
एनसेलका केही अफरहरु यस्ता पनि हुन्छन् जो रात–रातभर आफ्ना प्रेमी–प्रेमिकासँग फोनमा बिताउनेहरुका लागि लक्षित छन् । बोनस प्याक दिएर एनसेलले मध्यरातमा गफ गर्न हौस्याउँछ । ‘३ रुपैँयामा १०० वटा मेसेज होस या विदेशमा भएका आफन्तसँग कुरा गर्न । फरक फरक अफरहरु एनसेलले बजारमा र्पुयाएको छ । त्यस्ता केही अफरहरु सुन्दा राम्रा र सस्ता लाग्छन् । तर, वास्तविकतामा एनसेलले दाबी गरेजस्तो कुनै पनि अफर सस्तो भने छैन ।
एनसेलप्रति ग्राहकहरुमा परेको भ्रम यति शक्तिशाली भएको छ कि उनीहरु ठगी हुन सक्छन  भन्ने सोच्दा पनि सोच्दैनन् । सामान्यतः एक–दुई रुपैयाँको हिसाब गडबड हुँदा त्यसको खोजी नीति गर्दै हिँड्ने धेरैको बानी हुँदैन । भए पनि फुर्सद हुँदैन । एनसेलले ग्राहकले पत्तै नपाउने गरी त्यस्ता एक–दुई रुपैयाँ बिना कारण काटि दिन्छ । उसका करिब १ करोड ४० लाख मध्ये दैनिक ५० लाख ग्राहकको ब्यालेन्स बाट  एनसेलले यसरी पत्तै नपाउने गरी रकम काट्ने गरेको छ । एनसेलले नेपाली लाई उत्कृष्ट सेवा प्रदान गर्ने नाममा ग्राहकहरु ठग्ने तथा राज्यलाई पनि कर छल्ने गरेको रहस्य पर्दाफास भएको छ । एनसेलले विभिन्न बहानामा ग्राहकहरुलाई ठग्ने तथा राज्य संयन्त्रलाई प्रभावमा पारेर अर्बौँ रुपैयाँ कर नतिर्ने कर्तुतहरु यस्ता छन् । धरैजसो उपभोक्ताहरु मोबाइलमा भएको ब्यालेन्स र त्यसको खपतबारे धेरै सचेत हुँदैनन् । उनीहरु लाई आफूले प्रयोग गरिरहेको मोबाइल सेवा प्रदायक कम्पनीमाथि विश्वास हुन्छ । आफ्नो ब्यालेन्स कति थियो र फोन गरेपछि कति पैसा काट्यो भनेर ख्याल गर्ने मा।िनस कम हुन्छन् । त्यसमाथि पनि ‘एनसेलले कहाँ ठग्ला र ?’ भन्ने सोच राख्नेहरु धेरै हुन्छन् । किनभने अर्बौको व्यापार गर्ने कम्पनीले एक(दुई रुपैयाँमा र्याल चुहाउँदैनन् भन्ने आम बुझाई हुन्छ । तर, ठगीको गणित आम मानिसको भावना भन्दा फरक हुन्छ । एक ग्राहक ठगीदा एक पल्टमा एक रुपैयाँ घाटा लाग्छ । तर एनसेलले एकपल्टमा ५० लाख ग्राहक ठग्न सक्छ । ५० लाख ग्राहकबाट दुई रुपैयाँ मात्रै ठग्ने हो भने पनि दिनकै एक करोड रुपैयाँ हुन्छ । नेट चलाउने डाटामा त बेहिसाब ठगी हुन्छ  । आमरुपमा कतिपयले ‘एनसेलले बढी पैसा काट्यो, एनसेल महंगो छ भन्ने जस्ता गुनासो नगरेका पनि होइनन् । सामाजिक सञ्जालमा ‘एनसेल ठग्नकै लागि’ भन्नेजस्ता ट्रोल पनि धेरै बने । फेसबुकमा ‘एनसेल ठग्नकै लागि’ भन्ने पेज लोकप्रिय भएपछि एनसेलले उजुरी गरेर हटायो । करिब १ करोड ४० लाख ग्राहक रहेको निजी मोबाइल सेवा प्रदायक एनसेलले दैनिक ५० लाख गाहकको बिलिङ तल माथि गर्ने गरेको स्रोतको दावी छ । त्यस बाट दैनिक करोडौं रुपैयाँ ठग्ने गरेको छ । ग्राहकहरु दैनिक रुपमा आफू ठगिए को गुनासो लिएर एनसेलको कार्यालय धाउने गरेका छन् । ५० लाख ग्राहकलाई दैनिक दुई रुपैयाँ ठग्दा १ करोड रुपैयाँ त ठगीबाटै आउँछ । दुई रुपैयाँ ठगिएको धेरैजसाले चाल पाउँदैनन् । पाउनेहरु पनि ‘कन्फ्यूज’ हुन्छन् । ठगिएको निश्चित हो भन्ने थाहा पाएकाहरुसँग पनि २ रुपैयाँको हिसाब माग्न एनसेल कार्यालय जाने फुर्सद हुँदैन । एक्जियटा ग्रुप को नाममा अहिले यो समूह मलेसियाको बहुराष्ट्रिय कम्पनी छ । यसको नेटवर्क नेपाल लगायत एशियाका १० देशहरुमा छ । भर्खरै एनसेल लाई पनि यस कम्पनीले किनेको हो । छिमेकी राष्ट्र भारत, म्यानमार, बंगलादेश, श्रीलंका र पाकिस्तान तथा अन्य एशियाली राष्ट्रहरु मलेसिया, कम्बोडिया, सिंगापुर र इन्डोनेसियामा एक्जियटाको नेटवर्क छ । एक्जियटा नेटवर्क भएको अधिकाश देशहरुमा नेपालीहरुको बसोबास रहेको छ । विदेशमा बस्ने धेरै नेपालीहरु एक्जियटा रुपको मोबाइल प्रयोग गर्ने गर्छन । तर, यस नेटवर्क बाट नेपालको सरकारी मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको नेटवर्कमा फोन लाग्दैन । एक्जियटाले नेपाल टेलिकम तथा अन्य नेपाली मोबाइल सेवा प्रदायक कम्पनी को नेटवर्कमा फोन नलाग्ने सिस्टम बनाएको छ । यसमा नेपाल टेलिकमलाई पनि सामेल गराउने धेरै सम्झौता भएपनि कार्यन्वयन नभएको बताइन्छ । त्यसो हुनाले पनि विदेश मा भएका मानिसका आफन्त एनसेलको प्रयोग गर्न बाध्य छन् । एक्जियटाको नेटवर्क मा अन्तर्रा्ष्ट्रिय कल पनि सस्तो छ । यो कारणले धेरै ग्राहकहरुले एनसेलका सिम प्रयोग गर्छन् । तर, विदेशमा एक्जियटा समूह को सिमबाट नेपालका अन्य टेलिफोन सेवा प्रदायकको सिममा कल नलाग्ने बनाइन्छ । झेल यहिँ छ । विदेशी कम्पनीको सिमबाट नेपालीे कम्पनीको सिममा कल गर्दा निश्चित शुल्क विदेशी कम्पनीले तिर्नु पर्छ । त्यसो गर्दा स्वदेशी कम्पनीको आय बढ्छ । आय बढे पछि सरकारलाई कर पनि बढी तिर्नु पर्छ । तर, एनसेलले कर छली यहि विन्दुमा गरि दिन्छ । आफ्नो नेटवर्कबाट आफ्नै नेटवर्कमा कल गर्दा कति कल गरियो, कति मिनेट कुरा भयो, महिना र वर्षमा कति रुपैयाँको कारोबार भयो भन्ने हिसाब राख्ने नेपालमा निकाय नै छैन । भएको निकाय भनेको दुर संचार प्राधिकरण हो । यो प्राधिकरणलाई यस्ता विषयमा सोच्ने फुर्सदै छैन । अनि एनसेलले जति रुपैयाँको कारोबार, नाफा देखाउँछ र स्वेच्छाले जति कर तिर्छ त्यति नै सरकारले लिँदै आएको छ ।
कर छल्ने गरेकोे अर्को तरिका
एनसेलका सिममा एक्जियटा नेटवर्क्भित्रबाट मात्रै कल आउँदैन । अमेरिका, अस्ट्रेलिया, युरोप लगायत विश्वभरका विभिन्न टेलिफोन सेवा प्रदायक कम्पनीबाट कल हुन्छ । त्यसरी विदेशबाट नेपालमा रहेको कम्पनीको मोबाइल मा कल आउँदा ति विदेशी कम्पनीले एनसेल लाई निश्चित रकम बुझाउँछन् । त्यो रकम कसले कति बुझाए ? भन्ने यकिन विवरण राख्ने नेपालमा प्रविधि नै छैन । यस्तो हिसाब राख्नु पर्ने दायित्व दूरसञ्चार प्राधिकरणको हो । उसँग पनि कुनै प्रविधि छैन । यस विषयमा दूरसञ्चार, आन्तरिक राजश्व विभाग, राजश्व अनुशन्धान विभाग आदिको ध्यान तानिनु पर्ने हो । तर यी निकाय निकम्मा सरह भएका छन् एनसेलको मामिलामा । आफूसँग ठोक्किने सरकारी निकाय का उपल्ला हाकिमहरुलाई प्रभावमा राखेर एनसेल ले करोडौं राजश्व छली गरेको स्रोतको दाबी छ । कर छलीबाट प्राप्त भएको ठूलो हिस्सा एनसेलले आफ्नो मातृ संस्था एक्जियटामा पठाउने गरेको छ । अत्यन्त सानो हिस्सा भने सरकारलाई करका रुपमा बुझाउने गर्दछ । एनसेलले गुणस्तरीय सेवाको जति दावी गर्छ, त्यति छैन भन्दा फरक पर्दैन । एनसेल अहिले गुणस्तरका हिसाबले भन्दा पनि महंगो सेवाका लागि बद्नाम छ । गुणस्तरका नाममा चर्को शुल्क असुल्ने एनसेल कति महंगो छ भन्ने बुझ्न एनसेल र एनटिसी दुवैको डाटा प्रयोग गर्ने हरुलाई सोधे पुग्छ ।सामान्यतः एनसेलमा फोन नै नगरी पैसा कटिने, डाटा चाडैँ सकिने, सबै ठाउँमा नेटवर्क नटिप्ने समस्याहरु सामान्य जस्तै बनेका छन् । एनसेलले नियामक संस्था नेपाल दुरसंचार प्राधिकरण, कर कार्यालय, अर्थ मन्त्रालय लगायत विभिन्न राजनीतिक दल आदिलाई पैसा बाड्ने र प्रभावमा पार्ने गरेको बताइन्छ । यस्ता निकायलाई आफ्नो मुठीमै राखेर अवैध धन्दा सञ्चालन गर्न एनसेल अहिलेसम्म सफल रहदै आएको छ ।
सापटीको नाउँमा ठगीको धन्दा !
हामीले एनसेलले जनतालाई ऋृण उपलब्ध गरायो भन्ने विपक्षमा रहेर बोलेका होईनौं । हामी त ऐनसेलले एउटा ’एनसेल सापटी’का नाममा वित्तीय कारोबार गरिरहेको छ । जसलाई नेपालको कानुनले बर्जित गरेको छ । त्यसैको, बिषयमा बोलेका हौं । नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) २०६३ को दफा २८ अनुसार वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्न पाउने व्यवस्था छैन । वाफिया मा स्पष्टसँग वित्तीय संस्था बाहेक अन्य कुनै पनि संस्थाले वित्तीय कारोबार गर्ने नपाउने उल्लेख गरेको भएपनि एनसेलले भने उक्त नियमलाई मिच्दै वित्तीय कारोबार गरिरहेको छ । एनसेलले ’एनसेल सापटी’ का नाममा ऋण दिने र त्यस को चर्को ब्याज असुली गरी जनता ठग्ने गरेको खुलासा भएको छ । कम्पनी ऐन २०६३ अनुसार प्राईभेट कम्पनीहरुले राष्ट्र बैंकसँग स्विकृति लिएर पनि वित्तीय कारोबार गर्न नपाउने स्पष्ट ब्यबस्था निधारण गरेको छ । र, सो ऐनमा भनिएको छ, अन्यथा कम्पनी ऐनको बर्खिलाप गरि त्यस्तो कारोबार गरेको थाहा भएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २८ अनुसार गैरकानुनी हुन जान्छ । तर, त्यहि कम्पनी ऐन अनुसार दर्ता भएको एनसेल कम्पनीले पावर र पैसाका भरमा कानुन मिचीरहँदा पनि कसैले कारवाही गर्न सकेको छैन । नेपालको विद्यमान कानुन हेर्ने हो भने पनि एनसेलले कर्पोरेट अपराध गरिरहेको छ । नेपालको कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ को नाफाखोरी शीर्षक अन्तर्गतको उपदफा १ मा भनिएको छ, ‘मोल निर्धा्रित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्ति ले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्य भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावमा लाभ उठाई सो माल बस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्नेछ, ।’ तर एनसेलले यो ऐनको भावना विपरित काम गरी कर्पोरेट अपराध गरिरहेको छ । एनसेलले रु. दुई भन्दा कम भएमा रु. २० रुपैयाँ सापटी लिन पाउने व्यवस्था गर्यो । एनसेलकै भाषामा ’सापाटी’ पछि रु. १०० रिचार्ज गरेको खंण्डमा एनसेलले रु. २० सहित २२ रुपैयाँ ४८ पैसा र रु. एक सय अन्तर्गतको कर एक रुपैयाँ ९६ पैसा सहित जम्मा चार रुपैयाँ चौवालीस पैसा काटिदिन्छ । यसरी सापटी रु. २० र रु. १०० अन्तर्गतको कर बापत एक रुपैयाँ ९६ पैसा सहित २ रुपैयाँ ४८ पैसा पनि तपाईंको रिचार्जबाट कट्टा हुन्छ । यसरी सरासर हेर्दा पनि ऐनसेलले एक ग्राहकको २ रुपैयाँ ४८ पैसा ठग्ने गरेको छ । एनसेलले एउटा ग्राहकसँग ८ मिनेट भित्रै २ रुपैयाँ ४८ पैसा ठगी गरिरहेको छ । एनसेलकै पटक पटक प्रकाशित हुने बिज्ञप्तिमा आफ्ना प्रयोग कर्ता करिव एक करोड चालिस लाख रहेको दावी गर्दै आएको छ । यसरी जनता बाट करोडौं रुपैयाँ ठगी गरिरहेको भएपनि एनसेललाइ अझै सम्म कसैले पनि छुन सकेको छैन ।
ऋृण हो कि सापटी ?
सापटीलाई नेपाली चलनचल्तिको भाषामा ‘जति लियो त्यति मात्रै फिर्ता गर्ने’ भनिन्छ । मुलुकी ऐनको ‘लेनदेन ब्यबहारको महल’मा ‘ब्याज उल्लेख नगरेको भए साँवा मात्रै भराई दिनु’ भनेर उल्लेख गरिएको छ । तर, एनसेल ले त ब्याज मात्रै होईन साहू महाजनले पहिले लिँदै आएको ‘चक्रबृद्धि ब्याज’ भन्दा चर्को ब्याज लिइरहेको छ, जसले यो ऋण नै हो सापटी होइन भन्ने स्पष्ट गर्छ । एनसेलको सापटी स्किम अनुसार उसैकै भाषामा रु २० सापटी लिएको खण्डमा ८ मिनेट २० सेकेन्डमै कर बाहेक २ रुपैयाँ ४८ पैसा हुन आउँछ । सरसर्ती हिसाव गर्ने हो भने एनसेलले ३६.५० प्रतिशत ब्याज लिने गरेको छ । यो त ब्याज लिनेको पनि हद भएन र ? यस बिषयमा बुझ्न  एनसेलमा सम्पर्क गर्न खोज्दा त्यहाँका कर्मचारीले आफुले यस बिषयमा बोल्न नहुने बताए । सुचना अधिकारीको नम्बर माग्दा उनले भने, ’नम्बर दिन मिल्दैन ।’ जब सम्म ऐनसेलले राष्ट्र र राष्ट्रियता बिपरित काम गरेर ग्राहक लुट्ने काम बन्द गर्दैनन् , तब सम्म हामी  निरन्तर ऐनसेलको पर्दाफासमा केन्द्रित हुने छौँ ।राज्यका निकाय र नागरिकहरुलाई व्युझाउन सत्य ओकलिरहने छ ।

। निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको एकएक गरी अनियमितताका कर्तुतहरु सार्वजनिक हुन थालेका छन् । यस अघि हामीले एनसेलको ठगी धन्दाको बारे विस्तृतमै समाचार प्रकाशित गरिसक्यौं । अब, ‘एनसेलः लुट्नकै लागि’ हो, भन्ने आम सोचाई वास्तविकता कै आधारमा तयार भएको हो कि भन्ने थप केही अर्को तथ्यहरु समेत फेला पारेका छौँ । नयाँ तथ्य अनुसार  एनसेलले एनसेल र नेपाल टेलिकमबीचमा हुने इन्टरकनेक्सन पोइन्ट अवरोध गर्ने गरेको हो । नेपालमा रहेको कुनै पनि ल्याण्ड लाइन फोन तथा मोबाइलमा विदेशबाट कल गर्दा जम्मा दुईवटा नेटवर्क हुँदै सम्बन्धित व्यक्ति सम्म पुग्छ । एउटा एनटिसीको नेटवर्क र अर्को हो एनसेलको नेटवर्क । नेपालमा यी दुई बाहेक अर्को नेटवर्क छैन । विदेशबाट नेपालमा आउने कललाई सम्बन्धित ब्यक्ति सम्म नेपाल टेलिकम र एनसेलको गेटवेबाट पुग्दछ । जुन गेटवेबाट नेपाल आए सम्बन्धित टेलिफोन सेवा प्रदायक कम्पनीले कल प्राप्त गनै ब्यक्ति सम्म पठाउनु पर्ने हुन्छ । यस्तो कल इन्टर कनेक्सन पोइन्ट मार्फत एउटा नेटवर्कबाट आर्को नेटवर्कमा जान्छ । नेपालमा नेपाल टेलिकम र एनसेलको इन्टरकनेक्सन पोइन्ट बीचमा एनसेलले अबरोध गर्ने गरेको छ । उता, एनसेलले नेपाल टेलिकम र एनसेलबीच सन २०११ नोभेम्बर ८ मा एउटा प्राविधिक सम्झौताको समेत खिल्ली उडाउने गरेका छन् ।
नोभेम्बर ८ मा दुबै कम्पनीले नेटवर्क अवरोध नगर्ने भनेर सम्झौता पनि गरेका थिए । जसअनुुसार विदेशबाट नेपालमा कसैले पनि फोन गर्दा तथा नेपाल घुम्ने आउने विदेशीले बोकेको विदेशी नेटवर्कबाट हुने कल स्वीकार गर्ने तथा त्यसको लाभको बाँडफाँड कसरी गर्ने विषय समावेश गरिएको थियो । त्यो, सम्झौतामा नेपाल टेलिकम र एनसेलका पदाधिकारीले हस्ताक्षर गरेका थिए । नेपाल टेलिकमले त्यो सम्झौतापत्रमा एनसेल नेटवर्कबाट आएको अन्तर्रा्ष्ट्रिय कलहरु एक महिनामा २० मिलियन अर्थात (एक मिलियन मा १० लाख) मिनेटसम्म स्वीकार गर्ने र एनसेलले एनटिसीको नेटवर्कबाट आएको अन्तर्रा्ष्ट्रिय कल महिनामा १५ मिलियन मिनेट सम्म स्वीकार गर्ने उल्लेख छ । एनटिसी नेटवर्कमा आएको अन्तर्रा्ष्ट्रिय कल एनसेलमा पठाउने र एनसेलको नेटवर्कमा आएको कल एनटिसीमा पठाउने काम एकअर्काले गर्ने सहमति त्यो बेला बन्यो । यसो हुँदा विदेशबाट एनसेलमा कल गर्दा त्यो कल शुरुमा एनटिसीको गेटवेमा पुग्न सक्छ।त्यस्तै एनटिसीमा कल गर्दा त्यो कल शुरुमा एनसेलको गेटवेमा पुग्न सक्छ ।
सम्झौताअनुसार एनटिसीले सम्बन्धित नम्बरमा पठाइदिने र एनसेलले पनि सोही बमोजिम गर्नु पर्ने हुन्छ । तर, ‘सम्झौता भएको केही समयसम्म त एनसेलले एनटिसीसँग आफ्नु इमान्दारीता देखाए पछि सोही , अनुसारको कल आदान प्रदान पनि गर्यो । तर, जब एनसेलको आफ्नै बजार धेरै परपरसम्म फैलियो त्यसपछि एनसेलले बेइमानी गर्न थालेको छ,’ । ‘अहिले एनसेलले विदेशबाट एनटिसीका लागि आउने कल बाटो मै अवरुद्ध गरिदिन्छ,’ स्रोत भन्छ(‘आफ्नो नेटवर्कमा आएको कल एनटिसीमा फरवार्ड गर्दैैन र एनटिसी बाट आएको कल आफूले पनि स्वीकार गर्दैन ।’ एनसेलबाट एनटिसीमा १५ मिलियन पठाउने तथा एनटिसीबाट एन सेलमा २० मिलियन हुनुपर्नेमा हाल केहि हजारमा सिमित रहेको श्रोतको भनाइ छ ।
तर, एनसेलले नेपालमा हुने अन्तर्रा्ष्ट्रिय सम्मेलन , सभा समारोह आदिको समयमा भने केहि समयको लागि यस्तो अवरोध खोलिदिने गरेको छ । यो समयमा विदेशी ब्यक्ति धेरै आउने भएकाले आफ्नो प्रभाव जमाउनका लागि एनसेलले यस्तो गर्ने गरेको हो । यस्तो काम ‘सेटिङ’मा हुने गरेको श्रोत बताउछ । विभिन्न सरकारी सस्था, नियमक निकाय, राजनैतिक दल, प्रभावशाली मिडिया आदिलाई प्रभावमा पारेर ऐनसेलले बदमासी गर्ने गरेको श्रोतको दाबी छ । सन २०११ र त्यसअघि नेपालीहरु धेरै रहेका मुलुकमा टेलिकम सेवा प्रदायकहरुले एनसेललाई पत्याउँदैन थिए । त्यो बेला एनसेलको ग्राहक कम मात्रै थिए । अर्को तिर नेपाल टेलिकम सरकारी कम्पनीबाटै उनीहरु कल पठाउने गर्थे । नेपाल टेलिकमको विश्वास राम्रै थियो । विदेशी कम्पनीले नपत्याएपछि एनसेलले एनटिसी सँग सम्झौता गरेर एनसेल पनि विश्वास गर्न लायक कम्पनी हो भन्ने भ्रम छर्यो । त्यस पछि, एनसेलको अहिले आएर लाखौ ग्राहक को मन समेत जित्न सफल भयो र उस्को अहिले लाखौं ग्राहक छन् र लुट्न पनि प्रसस्तै पाएका छन् । पछिल्लो समय अधिक लाभ लिनको लागि आफ्नो गेटवेबाट आएको अन्त र्रा्ष्ट्रिय कललाई अवरुद्ध गर्ने गरेको छ । नेटवर्क अवरोधका कारणले गर्दा विदेशका दुर सञ्चार कम्पनीहरु हैरान हुने र एनसेलसँग सम्झौता गर्न बाध्य हुने गर्दछन् । किनभने नेपाल टेलिकमको सिममा कल विदेशबाट नलाग्दा त्यहाँका कम्पनीको आय गुम्छ । यस्तो अवस्थामा एनसेलले विदेशका ती कम्पनीहरुसँग आफ्नो नेटवर्क प्रयोग गर्न सम्झौता थालेको हो । यस्ता नेटवर्क अतिक्रमणले एनसेलको एकाधिकार बजार निर्माण हुन थालेको छ ।
त्यति मात्रै नभई यहि एनसेलले लाखौंको कर समेत छल्ने गरेका छन् । विदेशी कम्पनीको सिमबाट नेपाली कम्पनीको सिममा कल गर्दा निश्चित शूल्क विदेशी कम्पनीले तिर्नु पर्छ । त्यसो गर्दा स्वदेशी कम्पनीको आय बढ्छ । आय बढे पछि सरकारलाई कर पनि बढी तिर्नु पर्छ । तर, एनसेलले कर छली यहिं विन्दुमा आएर गर्ने गरेको खुलासा भएको हो । विभिन्न नेटवर्कबाट आफ्नो नेटवर्कमा कल गर्दा कति कल गरियो, कति मिनेट कुरा भयो, महिना र वर्षमा कति रुपैयाँको कारोबार भयो भन्ने हिसाब राख्ने नेपालमा निकाय नै छैन । प्राधिकरणले दुई–तीन वर्षमा एक पटक त्यो पनि नाममात्र को अनुगमन गर्ने गरेको श्रोत बताउँछ । एनसेलले जति रुपैयाँको कारोबार, नाफा देखाउँछ र स्वेच्छाले जति कर तिर्छ त्यति नै सरकारले लिँदै आएको छ । विदेशबाट नेपालमा आउनु पर्ने रेमिट्यान्स नेपालमा भित्रिन पाउँदैन । एनसेलले नेपालमा थोरै आम्दानी देखाएर बाँकी ठूलो हिस्सा मातृ कम्पनीमा पठाउने गरेको श्रोत बताउँछ ।
टेलि फोन सेवा प्रदायक कम्पनीहरुलाई नियमन गर्ने एक मात्र निकाय भनेको दुरसंचार प्राधिकरण हो तर, उनै प्राधिकरण रमिते बन्ने गरे का छन् । प्राधिकरणसँग नेटवर्कमा कति कल आयो भनेर अनुगमन गर्ने स्रोत र साधन पनि प्रायप्त छैन । प्राधिकरण एनसेलले चलाउने सिस्टम र यसले देखाउने फाइनान्सियल स्टेटमेन्टमा भरपर्ने गरेको छ । प्राधिकरणलाई यस्ता विषयमा सोच्ने फुर्सदै नभए को गैरजिम्मेवार र तुच्छ अभिव्यक्ति दिन दूर सञ्चार प्राधिकरणका कर्मचारीहरु पछि पर्दैन्  । ‘हामीसँग बलियो ऐन कानुन पनि छैन,’ स्रोत ले भन्यो – ‘नियममा अधिकतम पाँच लाख सम्म जरिवाना गर्न सकिने उल्लेख छ । अर्बौंको कारोबार गर्नेलाई पाँच लाख जरिवाना भनेको तपाई हामीलाई पाँच रुपैयाँ तिराए जस्तै हो । यस्तो कानुनबाट दण्डहिनता अन्त्य हुँदैन । ’श्रोतका नुसार अहिले नेपाल टेलिकम र एनसेलबीच हुनु पर्ने आदान(प्रधान शून्य प्रायः छ । पछिल्लो समयमा १५ र २० मिलियन मिनेट हुनुपर्नेमा अहिले केहि हजार मा झरेको छ । यसका साथ साथै एनसेलको मातृ कम्पनी एक्जियटाका विभिन्न कम्पनीहरु बाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा एनसेलको गेटवे मार्फत सजिलो हुन्छ । तर, एक्जियाटाले नेपाल टेलिकमको नम्बरमा कल पठाउँदा अन्य गेटवे मार्फत पठाउने गरेको छ ।यसबाट प्रमाणित हुन्छ कि एनसेलले आफ्नो नेटवर्क र नेपाल टेलिकमको नेटवर्कको इन्टर कनेक्सन पोइन्ट बीचमा अवरोध गर्ने गरेको छ ।
सन २०११ मा भएको ‘मिनेट्स अफ मिटिङ’ कार्यान्वयनमा नआए पछि सन २०१५ मा नेपाल दूरसंचार प्राधि करणको समेत रोहबरमा अर्को एक बैठक बस्यो । जसलाई नाम दिइएको थियो, ‘मिनेटस वा मिटिङ विद एनडिसीसी एन्ड एनसेल रिगाडिङ इन्टरकनेक्सन इस्यू एट एनटिए ।’ दूरसञ्चार प्राधिकरणको कार्यालय मा बसेको सो बैठकमा एनसेलका तर्फबाट इन्टरकनेक्सनकी हेड कञ्चन सिंह कार्की, युनिट हेड भावना शाक्य, बिटुबि डाइरेक्टर प्रणयराज सहभागी थिए । त्यस्तै दूरसञ्चार प्राधिकरणका निमित्त निर्देशक अर्जुन घिमिरे, सहायक निर्देशक राजकिरण बासुकला लगायत सहभागी थिए ।
यस बैठकमा सन् २०११ (पहिलो बैठक)मा भएको सम्झौताको पालना गर्ने भन्ने निर्णय पनि गरियो । तर, त्यो सम्झौता एउटा कागजमा मात्रै सिमित बन्न पुग्यो । सम्झौताभन्दा विपरित गएर एनसेलले आफ्नो एकाधिकारी बजार विस्तारका लागि नियमविपरितका कार्यहरु गरि नै रहेको छ ।यसो गर्दा नेपालको दूरसंसार उद्योगमा विभिन्न् नकरात्मक असर पर्ने गरेको छ । विदेशबाट आउने कलबापत सम्बन्धित कम्पनीले निश्चित शूल्क प्राप्त गर्दछन् । एनसेलले आफ्नो नेटवर्कमा आएको कल एनटिसीमा फरवार्ड गरेन भने स्वतः एन टिसीको आय गुम्छ । यसो गर्नु सरासर विगतको सम्झौता विपरीत हो । यो प्रतिस्प र्धाको सिद्धान्त भन्दा बाहिर गएर गरिने कर्तुत हो । जसले गर्दा सरकारी टेलि फोन सेवा प्रदायक कम्पनीको आम्दानी घट्ने देखिन्छ । यस्तो कार्यले नेपाली दुर संचार उद्योग अपरिपक्व छ भन्ने सन्देश जान्छ सेवा उपभोग गर्ने ग्राहकमा । विदेश बाट नेपाल कल गर्दा एक पटकमा सफल हुदैन, धेरैपटक पटक प्रयास गर्नु पर्ने हुन्छ । यस बिषयमा दुवै सस्थांका जिम्मेवार आधिकारीहरु संग कुरा गर्न खोज्दा उनीहरुले सम्पर्क नम्बर र नाम टिपेर माथिल्लो निकायबाट सम्पर्क गर्न लगाउँछु भनेतापनि सम्पर्क मा आउन चाहेनन् ।
यसैविच,यसबारे एनसेल कम्पनीका संवाद बिज्ञ मिलन शर्माले हामी सित संक्षिप्त्तमा कुराकानी गर्दै भने, तपाईंले सुन्नुभएको एनसेलले कल ब्ल्क गरेको सम्बन्धित सबै आरोप निराधार हो । उनले थपे , तपाईंले कहाँबाट सुन्नुभयो , थाहा छैन् तर, एक अर्काको कलमा केही समस्या आएको हुन सक्छ, उनले भने  । हाम्रो कम्पनीले कसैको कम्पनीलाई ब्ल्क गरेका छैनौं । एनसेल कम्पनीले खण्डन् गरेपनि उता,दुरसञ्चार प्राधिकरणले भने अन्तर आवद्धतामा कुनै अवरोध नगर्न निजी कम्पनी एनसेललाई परिपत्र गरेको बुझिएको छ ।
यसरी एनसेल कम्पनीले नेपालमा नेपाली जनता र नेपाल राष्ट्रलाई कसरी ठगीगरिरहेको छ भन्नेबारे हामी जानकारी दिईरहने नै छौं । हामी एनसेलको निरन्तर फ्लो–अप गरिरहन्छौं । एनसेलको ठगी काण्ड नरोकिए सम्म उस्का कर्तुतहरु एकएक पर्दाफास गरिरहने छौँ । ठगी काण्ड बारे थप तथ्य छिटै ल्याउने छौँ  ।