चितवन प्रहरीको सक्रियता बढदै ? तस्करीका नाईके गुप्ता माथी खै त् कारबाही?

चितवन÷ एसपी दीपक थापा चितवन प्रहरी प्रमुख भई चितवन आए सगँै चोरीको गाडी र मोटरसाइकलको कारोबार गर्ने गिरोह धमाधम प्रहरी द्वारा पक्राउ पर्न थालेका छन् ।
चितवन, नवलपरासी र हेटौंडालगाएतका क्षेत्रमा अत्याधिक मात्रमा मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले सक्रियता देखाउँदा चोरीकै कारोबार गर्ने गिरोहसम्म प्रहरी पुग्न सफल भएको हो । चोरीका सवारी साधनहरु माथि विशेष अप्रेशन चलाएको चितवन प्रहरीले एक महिना अवधिमा मात्र दर्जनौं चोरीका सवारी साधनहरु  फेला पार्नुका साथै चोरी कार्यमा सग्ंलन गिरोहहरु माथि  समेत कारवाही गरेको छ ।
सोहीक्रममा चितवन प्रहरीको विशेष टोलीले भरतपुरको लोकोमोटिभ मोटर्स वर्कशपमा खानतलासी गर्दा कागज पत्र विनाका गैरकानुनी ढंगले लुकाई राखेको अवस्थामा गाडीका इन्जिन र पाटपुर्जा बरामद गरेको हो । प्रहरीले सो वर्कसपबाट तीन वटा सेन्ट्रो कार, टाटासुमो र टाटा सफारी गाडीको इन्जिन समेत बरामद गरेको छ । चितवन प्रहरीले सो ग्यारेजका मालिक र अर्का नाइके दिपु भन्ने दिपेन्द्र श्रेष्ठको गिरोहलाई खोजी भइरहेको जनाएको छ । त्यस्तै, चितवन खैरहनी नगरपालिका–२ बस्ने वर्ष २५ का कपुर विक र रत्ननगर नगरपालिका–८ बकुलहरमा रहेको मनकामना वर्कशप एण्ड रिकण्डीशन पसलबाट दुई थान मोटरसाईकलसहित संचालक नारायणी नगरपालिका १० बस्ने वर्ष २५ का आश्विन श्रेष्ठलाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
चितवन प्रहरीले बा ४० प ६९५६, ना ५ प ४५९५, ग १ प ९३०, ना १७ प २८४९, बा ३ प ७९५०, लु ४ प ९८७३ लगायतका २४ वटा चोरीका मोटरसाईकल बरामद गरेको छ । यस्तै प्रहरी गस्ती टोलीले पुस २ गते भरतपुर–४ स्थित एउटा रातो रङको सुजुकी मारुती कार फेला परेपछि प्रहरीले बरामद गरि राखेको छ । ईन्जिन नम्बरः ँीण्ण्ल् द्धद्धद्दठछघण्, च्यासिस नम्बर ःब्घभ्भ्म् डज्ञछण्ण्टण्घघठढ भएको म्ी डऋ ल्द्य द्दज्ञज्ञड  नम्बरको भारतिय नम्बर प्लेट लगाएको गाडी बरामद गरिएको चितवन प्रहरीले जनाएको छ । उक्त गाडीको सम्बन्धमा भन्सार कार्यालयमा लेखापढी गरी धनी नखुलेको खण्डमा आवश्यक कानुनी कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैयामा बुझाईने प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले जिल्लामा मानव बचविखन तथा ओसारपसारमा संलग्न एकजनालाई समेत पक्राउ गरेको छ । होटलमा युवती राखी बेश्यावृती गराउने रत्ननगर ८ का बिनोद राउतलाई पक्राउ गरी मानव बचविखन तथा ओसारपसार मुधामा कारबाही चलाएको छ । सौराहा स्थित होटल भिजिट नेपालमा विगत लामो समयदेखी युवती राखी बेश्यावृती गराउने गरिएकोले कारबाही गरीएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले होटल सञ्चालक रामशरण थापा भने फरार रहेको बताएको छ ।
यसैविच चोरीका सवारी साधनहरु माथि विशेष अप्रेशन चलाएको  चितवन प्रहरीकै केही स्टाफहरुले भने बरामद गरेको चोरीको मोटरसाइकल नै तस्करीमा आरोप लागेका व्यक्तिलाई चढ्न दिएको खुल्नमा आएको छ । गत दुई महिना अघि वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी हवल्दार उपेन्द्र यादब र जवान खगेन्द्र पाण्डेले देबघाटमा वेवारीसे अवस्थामा रहेको दुई सय ५० सिसीको होन्डा कम्पनीको सिबीआर मोटरसाइकल बरामद गरेका थिए । तर,चोरीको उक्त बाइक भन्सारमा बुझाउनु पर्नेमा नारायणगढका इन्सपेक्टर राजेन्द्र थापाले प्रहरीमा दलाली गर्ने विवादास्पद व्यक्ति रोमेल गुप्तालाई चढ्न दिएको खुल्नमा आएको छ । गुप्ताले बा ७९ प ८२७९ नम्वरको नक्कली प्लेट हालेर उक्त बाइक केही समय अघिसम्म चढ्दै आएका थिए । तर,  उक्त कुरा सार्वजनिक भएलगतै इन्सपेक्टर थापाले चोरीको सो मोटरसाईकल जिल्ला प्रहरी कार्यालयमा सुटुक्क  बुझाएको चितवन प्रहरीका एक सिपाहीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिए ।
चितवनमा आउने नयाँ एसपीलाई तुरुन्तै प्रभावमा पारी हाल्ने कार्यमा माहिर  गुप्ताले लु १ च ५७५८ नम्वरको टाटा सफारी गाडी नारायणगढका इन्सपेक्टर थापा र चितवन जिल्लाका घुमुवालाई चढ्न दिएर  प्रहरी संरक्षणमा तस्करीको काम गर्दै आएको बुिझ्न आएको छ ।  वियर फ्याक्ट्रीमा केमिकल सप्लाई गर्ने गुप्ताले शुरुमा बद्नाम घुमुवा सिकेन्दर साहको समूहलाई हातमा लिएर चोरीका इलेक्ट्रोनिक्स सामानदेखि कपडासम्म तस्करी गर्दै आएका थिए ।
प्रहरी संरक्षणमै गुप्ताले नारायणगढमा अवैध रुपमा कपडा र इलेक्ट्रोनिक्स सामानको पसल सञ्चालन गर्दै आएको बुझिएको छ । उनले भन्सार छली गरेर ल्याएका सामानहरु विक्री गरी प्रहरीका केही हाकीम तथा घुमुवालाई समेत  कमिसन बुझाउँदै आएको  एक गोप्य श्रोतको दाबी छ ।